अन्तर्राष्ट्रिय विमानस्थल थप सञ्चालनपछि यात्रु बढे


नेपाल समाचारपत्र, काठमाडौं
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २२ घण्टा सञ्चालन गरेपछि करिब ४० प्रतिशत यात्रुको बढेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको दाबी छ । मंगलबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको ‘भिजन फर नेपाल २०२०’ कार्यक्रम सम्बोध गर्दै मन्त्री अधिकारीले २१ घण्टा विमानस्थल सञ्चालनमा आएसँगै हवाई यात्रुको चाप ३० देखि ४० प्रतिशतले बढेर गएको बताउनु भएको हो ।
सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित सरकारले नेपाल भ्रमण वर्ष आयोजान गरेको छ विमानस्थलको सञ्चालन अवघि बढाएपछि आन्तरिक र अन्तर्राष्ट्रिय उडानमा सहजता आएको मन्त्री अधिकारीको भनाइ थियो ।

‘विहान काठमाडौंबाट उडेर फेरि काठमाडौं ओर्लिने वातावरण सम्भव भएको छ । एकै दिनमा अमेरिका पनि पुग्न सम्भव भएको छ, कतार एयरवेजले सेप्टेम्बर २ तारिखदेखि काठमाडौंबाट ४ घण्टाको उडानमा दोहामा ३ घण्टाको ट्रान्जिटमा गरी अमेरिका नियमित उडान गर्दै आएको छ) साथै रात्रीकालीन उडानबाट पनि उडानमा थप सहजता थपिएको मन्त्री अधिकारीको भनाइ छ ।

मन्त्रालयले सही ढंगले स्थलमार्गबाट नेपाल भित्रिएका पर्यटकको संख्याको तथ्यांक राख्न नसकदा नेपाल आएका पर्यटकको सही तथ्यांक आउन नसकेकाले अब चाँडै ‘स्याटलाईट एकाउन्ट सिस्टम’ लागँ गरेपछि पर्यटकको सही तथ्यांक आउने मन्त्री अधिकारीको भनाइ थियो ।
मन्त्री अधिकारीले त्रिभँवन विमानस्थलको धावनमार्गको स्तरोन्त्तीको काम पँरा गर्न केही घण्टा विमानस्थल बन्द समेत गरेर धावनमार्गको काम हुने जानकारी दिनुभयो ।

कार्यक्रममा महासंघका पदाधिकारीले सरकारले पर्यटकको संख्या वृद्धि गर्नको लागि भैतिक पँर्वाधारमा जोड दिनुपर्नेमा सुझाव दिएका छन्।
सरकारले नेपालका गन्तव्यको विभिन्नखाले आकर्षक योजान ल्याएर प्रचार प्रसारमा जोड दिनुपर्ने महासंघका वरिष्ठ उपाध्यक्षय शेखर गोल्छाले बताउनुभयो । उहाँले नेपालको आर्थिक विकास पर्यटकबाट मात्र सम्भव रहेकाले सरकारले भैतिक पँर्वाधारको विकासमा जोड दिनुपर्ने बताउनुभयो ।

महासंघका अर्का उपाध्यक्ष चन्द्रप्रकाश ढकालले सरकारले आधारभँत विकास गरेको खण्डमा नेपालको पर्यटन क्षेत्रमा निजी क्षेत्र लगानी गर्न तयार रहेको बताउनुभयो । उहाँले सातै प्रदेशमा पर्यटकीय गन्तव्य विकास गर्नको लागि सरकारलाई सुझाबसमेत दिनुभयो ।
सरकार र निजी क्षेत्रका पर्यटनसँग सम्बन्धित संघसंस्थाले एउटैखाले विचार बोकेर जानुपर्ने भएकाले नेपालमा पर्यटन क्षेत्रको प्रचार प्रसार गर्नको लागि मद्दत पुग्ने नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपराज जोशीले बताउनुभयो । यसका लागि सरकारले डिउटी फ्री पसलको अवधारणा ल्याएर पर्यटक क्षेत्रलाई चmलयमान बनाउन सकिने जेशीको भनाइ छ ।

नेपाल उद्योग वाणिज्य महासंघको पर्यटन तथा नागरिक उड्डयन समितिले आयोजान गरेको सो कार्यक्रमा नेपालको पर्यटन विकास कसरी गर्न सकिन्छ भनेर व्यवसायी, सरकार, र सरोकारवाला निकायबीच छलफल चलाएको थियो ।
नेपालको पर्यटन विकासको लागि महासंघले नेपाली पर्यटन व्यवसायीहरुलाई विभिन्न देशमा आयोजन हुने मेला महोत्सवमा भाग लिने वातावरणको सिर्जना गर्दै आएको समितिका अध्यक्ष जोत्सना श्रेष्ठले बताउनुभयो । उहाँले नेपालको पर्यटन विकासको लागि महासंघले सबै सरोकारवाला निकायसँग सहकार्य गर्दै नेपालमा पर्यटक भित्र्याउनको लागि नयाँ शैलीको प्रचार प्रसारमा जोड दिने समेत अध्यक्ष श्रष्ठको भनाइ छ ।