उद्योगी व्यवसायीको अगुवाईमा आन्दोलनको तयारी


नेपाल समाचारपत्र, विराटनगर
विराटनगरलाई प्रदेश १ को स्थायी राजधानी कायम गर्न दबाब दिन संगठित प्रयास शुरु भएको छ । राजधानी, बाहिर लाने चलखेल शुरु भएपछि सरोकारवाला एक ढिक्का भएर पहल शुरु गरेका हुन् ।

राजधानी अन्यत्र लाने चलखेल भइरहेको चर्चा बाहिर आएपछि सरोकारवाला संगठित भएर विराटनगरलाई नै स्थायी राजधानी कायमगर्न दबाब दिने भएका छन् । उद्योग संगठन मोरङको अगुवाईमा भएको छलफलले प्रदेश १ को स्थायी राजधानीकालागि विराटनगरनै उपयुक्त भएको निश्कर्ष निकालेका छन् ।

कार्यक्रमका सहभागिले ऐतिहासिक, राजनीतिक र भौतिक संरचनालगायत सबै आधारमा स्थायी राजधानीका लागि विराटनगरको विकल्प नएभएको बताएका थिए । उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले तुलनात्मकरुपमा अन्य शहरभन्दा विराटनगर सबै आधारमा स्थायी राजधानीका लागि उपयुक्त रहँदा रहँदै अन्यत्र सार्ने चलखेल हुनु दुर्भाग्यपँर्ण रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो–‘हरेक कुरामा विराटनगर राजधानीका लागि उपयुक्त छ, राजधानी अन्यत्र लाने प्रयास अन्यापँर्ण हुनेछ ।’ विराटनगरलाई नै स्थायी राजधानी कायमगर्न दबाबमुलक कार्यक्रम र आवश्यक परे शान्तिपँर्ण आन्दोलन घोषणा गरिने पनि उनले चेतावनी समेत दिनुभयो । प्रदेश सभाका सांसद केदार कार्कीले विराटनगरलाई नै स्थायी राजधानी कायम गर्न आफुहरु लागिपरेको बताउनुभयो ।

उहाँले अन्यत्र राजधानी लग्दा अर्बौंको भौतिक संरचना निर्माण गर्नुपर्ने भएका कारण विराटनगरमा भएका भौतिक संरचनाको सदुपयोग गर्दै राजधानी कायम गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । पछिल्लो समय माफिया र जग्गा दलालले आवश्यक पर्याप्त संरचना नै भएको ठांउँमा राजधानी लैजान सांसदलाई विभिन्न सुविधाका नाममा प्रलोभन दिइरहेको दाबी गर्नुभयो । उहाँले अन्यत्र भौतिक संरचना निर्माण गर्दा लाग्ने खर्च प्रदेशको विकासमा खर्चिनुपर्ने विचार व्यक्त गर्नुभयो ।

प्याब्सनका केन्द्रीय सल्लाहकार टीकाराम पुरीले सम्पँर्ण मन्त्रालय र महत्वपँर्ण कार्यालयहरु एकैठाउँमा राख्नुपर्ने विचार ब्यक्त गरे । चिकित्सक संघका तर्फबाट डा. कैलाश श्रेष्ठलगायतले विराटनगरलाई स्थायी राजधानी कायम गराउन संघर्ष समिति गठन गरेर दबाबमुलक कार्यक्रम संचालन गर्नुपर्ने सुझाव दिएका छन् ।