रसुवा ।
रसुवाको दुर्गम भेग पारच्याङमा बैंक स्थापना भएपछि स्थानीयवासी हर्षित भएका छन ।
जिल्लाको नौकुण्ड गाउँपालिकाको पारच्याङमा गत भदौमा जनता बैंकको शाखा कार्यालय स्थापना भएपछि त्यस भेकका किसानले अब पैसा राद्यन र झिक्नका लागि सदरमुकाम धाउनुपर्ने बाध्या हटेको छ । अहिले गाउँका सबैले गाउँमै बैकिंङ कारोबार गर्न पाएकोमा खुसी व्यत्त गरेका छन ।
बैंकमा अहिलेसम्म ३ सयभन्दा बढी स्थानीयवासी बैकिङ कारोबारमा संलग्न भएको जनता बैक पारच्याङ शाखाले जनाएको छ । बैकमा यो महिनाको शुरुदेखि नै दैनिक रुपमा २०/२५ जना बैंकमा खाता खोल्न आउने गरेको धुञ्चेस्थित जनता बंैकका प्रमुख ब्रजेश अर्यालले बताए । कालीकास्थानबाट १० कोषको दूरी पूर्वमा रहेको पारच्याङमा नौकुण्ड गाउँपालिकाको केन्द्रसमेत रहेको र नेपाल प्रहरीको सुरक्षा चौकीसमेत रहेकाले स्थानीयवासीलाई बैंकिङ सेवा प्रदान गर्न शाखा स्थापना गरिएको जनता बैंकले जनाएको छ ।
पारच्याङमा बैंक स्थापना भएपछि ग्रामीण किसानले बोका, बाख्रा, कुखुरा, हाँस एवं कृषिउपज बिक्रीबाट प्राप्त आयकोे थोर बहुत रकमसमेत बचत गर्न थालेका छन् । बैंक खुलेपछि यार्सा पारच्याङ पाटीखर्क, सरमथली, फाम्चेत, मञ्जुचेत, चिलाउनेगाउँ घिचेतलगायत गाउँका किसान हर्षित भएको समाजसेवी हितबहादुर न्यौपानेले बताए । । आठ वर्ष अघि धुञ्चेबाट सेवा शुरु गरेको जनता बैंकले नेपाल चीनबीचको सीमा क्षेत्र टिमुरे र कालिका गाउँपालिकाको कालीकास्थानमा समेत शाखा स्थापना गरी बैंकिङ सेवा प्रदान गरी रहेको छ ।











प्रतिक्रिया