डोटी ।
केहि समय यता बलात्कारका घटना धेरै नै भइरहेका छन् । जसमध्ये बालिकाहरु धेरै बलात्कार हुने गरेको पाइएको छ । तर डोटीमा एकजना बृद्धा पनि बलात्कृत भएकी छन् ।
हिजो सोमवार बिहान ७ बजेतिर आफ्नो गाउँबाट छिमेकी गाउँ जाने क्रममा बडीकेदार गाउँपालिका ३ की बृद्धा बलात्कृत भएकी हुन ।
उनलाई बाटोमा एक्लै हिँडिरहेको बेला बोगटान गाउँपालिका १ सिमचौर पान्सा घर भएका करिब २२ वर्षीय गणेश भनिने एकेन्द्र धामीले बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय डोटीले नेपाल समाचारपत्रलाई जनाएको छ ।
पिडित महिला चिच्याएको आवाज सुनेपछि घटनास्थलतर्फ गएका स्थानीयवासीले धामीलाई नियन्त्रणमा लिर्इ प्रहरीको जिम्मा लगाएका थिए ।
बलात्कारको आरोप लागेका धामीविरुद्ध जवरजस्तीकरणी सम्बन्धी मुद्धा चलाइने जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।











प्रतिक्रिया