संयुक्त रक्तदानमा ३६ यूनिट रगत सकंलन

0
Shares

पोखरा ।
मंगलबार पोखरामा आयोजना गरेको रक्तदान कार्यक्रममा ३६ यूनिट रगत संकलन भएको छ । पोखरा महानगरपालीका वडा नं. १३ स्थित भद्रकाली माध्यामिक बिद्यालयमा आयोजित रक्तदान कार्यक्रममा लायन्स क्लब अफ पोखरा फिस्टेल, भद्रकाली, पिससिटी, पिस सम्पदा र हेड्स नेपाल गण्डकी प्रदेशको सहभागिता रहेको थियो ।

संयुक्त रुपमा आयोजना गरिएको सो कार्यक्रममा प्रमुख अतिथि डिष्ट्रिक्ट गर्भनर अशोक कुमार श्रेष्ठले पहिलो रक्तदाता अरविन्द पौडेललाई ब्लड ब्याग हस्तान्तरण गरेर कार्यक्रमको उद्घाटन गरका थिए ।

 

कार्यक्रमको उद्घाटन पछि बोल्दै प्रमुख अतिथि डिष्ट्रिक्ट गर्भनर श्रेष्ठले रक्तदानले कसैको जीवन बचाउने हुदाँ रक्तदान गर्न उपयुक्त व्यक्तिले रक्तदान गर्नुपर्नेमा जोड दिए । शरिरबाटै खेर जाने रगतले कसैको जिवन बाँच्दछ भने रक्तदान गर्न सबैलाई प्रेरित गरे । डिपार्टमेन्ट चिफ तिर्थलाल श्रेष्ठ, भद्रकाली माविका प्राचार्य घनश्याम रिजाल, रिजन चेयरपर्सन खुवबहादुर बराल, जोन चेयरपर्सन टंकराज अधिकारी लगायतले रक्तदानको महत्वका बारेमा प्रकाश पारेका थिए ।


लायन्स क्लब अफ पोखरा भद्रकालीका अध्यक्ष बसन्तराज सिग्देलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लायन्स क्लब अफ पोखरा पिससिटीका अध्यक्ष एवं हेडस् नेपाल गण्डकी प्रदेशका अध्यक्ष हरिराम पराजुली, पोखरा फिस्टेलका अध्यक्ष शुक्र प्रधान, पोखरा पिस सम्पदाका अध्यक्ष शरद अधिकारी, हेडस् नेपाल गण्डकी प्रदेशका महासचिव ई राजेन्द्र ढकाल आ आफनो भनाई राखेका थिए भने रक्त सञ्चार सेवा केन्द्रका प्रमुख धुर्वमणी लामिछाने, ल्याव टेक्निसियन सुरज लामिछाने, अस्मिता पौडेल र तिलक कोईरालाको टिमले प्राविधिक सहयोग पुर्याएको थियो ।