‘अर्गानिक र आयुर्वेद नेपाल बनाउनु पर्छ’

0
Shares

मोतीराम तिमल्सिना, काभ्रे ।
नेपाल सरकारका प्रवत्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले योग मार्फत नेपाल निर्माणमा लाग्न योग शिक्षकहरुलाई आग्रह गरेका छन् ।

धुलिखेलमा आयोजित पतञ्जली योगपीठ हरिद्धारका आयुर्वेद शिरोमढाी आचार्य बालकृष्णजी महाराजको स्वागत तथा अभिनन्दन कार्यक्रममा बोल्दै मन्त्री बास्कोटाले योगले मिलन गराउने बताउँदै मिलन पछिको अवस्थाले मुलुकलाई सम्वृद्ध बनाउन योगको भूमिका रहने बताए । पतञ्जली योग समिति समिति प्रदेश नम्वर ३, जिल्ला समिति तथा विभिन्न नगर समिति तथा युवा समितिहरुले आचार्य बालकृष्णलाई अभिनन्दन गरेका थिए ।

भौतीक जीवन, आध्यात्मिक ज्ञान मार्फत समाजको विकृति रोक्न सकिने बताउँदै मन्त्री बास्कोटाले आर्युवेद सँगै आर्गानिकलाई महत्व दिनु पर्ने बताए । ‘घर भित्रै नैतिक पतन भएपछि न्याय पाउन कठिन हुन थालेको छ’–मन्त्री बास्कोटाले भने–‘छिमेकी देशहरुसँगको सम्वन्ध राम्रो बनाउँदै नेपाल एक देशसँग मिलेर अरु देशसँग लड्दैन ।’ नेपालको शत्रु कोहि छैन सबै मित्र बनाउन सकेको देश नेपाल भएको उनले बताए ।

आचार्य बालकृष्णले शान्ति, पवित्र ऋषिमुनीहरु भएको देश नेपाललाई योग र आयुर्वेद सबैलाई आवश्यक भएकाले यसको प्रयोग गर्नु पर्नेमा जोड दिए । नेपालको सम्वृद्ध र उन्नतीको समय शुरु भएको बताउँदै आचार्य बालकृष्णले निराशावादी भएर परिणाम निकाल्न नसकिने बताउँदै आशावादी हुन सबैलाई आग्रह गरे । विश्वमा ३ लाख ८ हजार बनस्पति रहेको बताउँदै ७२ हजार जडिवुटीको सूची तयार गरिसकेको बताए । अनुसन्धानबाट नेपालमा मात्रै २० हजार बनस्पति भएको तथ्याङ्ग अनुमान गरिएको छ । भारत जस्तो विशाल देशमा १५ हजार जति मात्रै बनस्पति छन् । नेपालमा रहेको अभिलेखालयलाई सरकारले चाहेको अवस्थामा पतञ्जलीको सहयोगमा डिजिटलाईज बनाउने बताउँदै आचार्य बालकृष्णले नेपालको स्वाभिमान र पुरुसत्वलाई कसैले जित्न नसक्ने बताए । आचार्य बालकृष्णले आर्गानिक नेपाल र आर्युवेदिक नेपाल बनाउन अभियान शुरु गर्नु पर्ने बताए ।

५/७ वटा सिप प्रशिक्षण केन्द्र खोली नेपालीहरुलाई विदेश जानु अघि तालिम प्राप्त बनाउन आचार्य बालकृष्णले सुझाव दिए । कार्यक्रममा ट्रष्टी शालिकराम सिंह, केन्द्रिय प्रभारी लबदेव मिश्र, उपेन्द्रकुमार महत्तो, जिल्ला अध्यक्ष दमनकुमार श्रेष्ठ लगायतले मन्तब्य राखेका थिए ।