रिंगिट, दिर्हाम र दिनार विदेशी मुद्राको भाउ बढ्यो


काठमाडौं । आज मंगलबार हिजोको  तुलनामा रियाल, दिर्हाम, दिनार र रिंगिटको  मुद्राको भाउ  बढेको छ ।

नेपाल राष्ट्र बैंकले मंगलबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ०३ पैसा र बिक्रिदर ३१ रुपैयाँ १९ पैसा रहेको छ ।

कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ९५ र बिक्रिदर ३२ रुपैयाँ १२ पैसा छ । युएई दिर्हाम एकको खरिददर ३१ रुपैयाँ ६८ पैसा र बिक्रिदर ३१ रुपैयाँ ८४ पैसा तोकेको छ ।

मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ११ पैसा र बिक्रिदर २८ रुपैयाँ २५ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर १० रुपैयाँ ४७ र बिक्रिदर १० रुपैयाँ ५२ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ८३ रुपैयाँ ६० पैसा छ भने बिक्रिदर ३ सय ८५ रुपैयाँ ५७ पैसा रहेको छ ।

बहराइन दिनार एकको खरिददर ३ सय ८ रुपैयाँ ६६ पैसा र बिक्रिदर ३ सय १० रुपैयाँ २५ पैसा रहेको छ ।