तनहुँ जलविद्युत आयोजनाको इटालियन र चिनियाँ कम्पनीसँग ठेक्का सम्झौता


नेपाल समाचारपत्र, काठमाडौं
तनहुँ हाइड्रोपावरले १४० मेगावाट जडित क्षमताको तनहुँ जलविद्युत आयोजनाको मुख्य निर्माण कार्यको निर्माण कम्पनीहरुसँग सोमबार ठेक्का सम्झौता गरेको छ । आयोजनाको नदी फर्काउने, बाँधलगायतका पहिलो प्याकेजका संरचना निर्माणका लागि सारभँत रुपमा तथा न्यँनतम मँल्याङकित इटालियन कम्पनी सीएमसीसँग सम्झौता भएको छ ।

तनहुँ हाड्रोपावर लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक प्रदीपकुमार थिके र सीएमसीका तर्फबाट आधिकारिक प्रतिनिधि सालभाटोरे कसियारोले सम्झौता पत्रमा हस्ताक्षर गर्नु भएको छ ।

सीएमसीसँग २० अर्ब ६४ करोड ५२ लाख (प्रोभिजनल सम र मँल्य अभिवृद्धि करसहित) मा खरिद सम्झौता भएको हो ।
आयोजनाको सुरुङ, विद्युत् गृह निर्माण र हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरण आपँर्ति, जडान तथा सञ्चालन लगायतका दोस्रो प्याकेजका काम सारभँत रुपमा तथा न्यँनतम मँल्याङकित चिनियाँ कम्पनी सिनो हाइड्रो कर्पोरेसन लिमिटेडसँग सम्झौता भएको छ ।
तनहुँ हाड्रोपावरतर्फबाट प्रबन्ध सञ्चालक थिके र सिनो हाइड्रोका तर्फबाट आधिकारिक प्रतिनिधि छेङ सोएस्याङले हस्ताक्षर गर्नु भएको हो ।
कम्पनीसँग ११ करोड ४१ लाख ८९ हजार अमेरिकी डलर र ३ अर्ब ८३ करोड १४ लाख (मँल्य अभिवृद्धि कर बाहेक)मा खरिद सम्झौता भएको हो ।

दुवै प्याकेजको निर्माण कार्य दुई महिनापछि काम सुरु गर्ने र सम्पँर्ण निर्माण कार्य डिसेम्बर २०२३ भित्र सक्ने लक्ष्य निर्धारण गरी ठेक्का सम्झौता गरिएको छ । प्रवन्ध सञ्चालक थिकेले तनहुँ जलविद्युत आयोजना कुलेखानीपछि बन्न लागेको जलाशययुक्त आयोजना भएको र विद्युत्को लोड व्यवस्थापनका लागि महत्वपँर्ण आयोजना भएकाले निर्धारित समयभन्दा अगावै निर्माण सम्पन्न गर्न निर्माण कम्पनीलाई आग्रह गर्नुभयो ।

उहाँले आयोजना निर्माण निर्धारित समयमा सम्पन्न गर्र्ने प्रतिबद्धताका लागि तनहुँ हाइड्रोपावर र निर्माण कम्पनीका उच्च तहको व्यवस्थानबीच दशैं अगावै छलफल गर्न लागिएकाले सोही अनुसार तयारी गर्न आग्रहसमेत गर्नुभयो । निर्माण कम्पनीले आयोजना निर्धारित समयमै सम्पन्न गर्र्ने प्रतिबद्धता जनाएका थिए ।

आयोजनाको कुल लागत ५० करोड ५० लाख अमेरिकी डलर (प्रसारणलाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याज समेत) रहेको छ । यसमध्ये एसियाली विकास बैंक (एडीबी)ले अमेरिकी डलर १५० मिलियन, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले अमेरिकन डलर १८४ मिलियन, युरोपियन इन्भेष्टमेन्ट बंैक (ईआईबी)ले अमेरिकन डलर ८५ मिलियन र नेपाल सरकार÷नेपाल विद्युत प्राधिकरणले अमेरिकी डलर ८७ मिलियन ब्यर्होने गरी वित्तीय व्यवस्थापन गरिएको छ । यसको लागि सम्बन्धित दातृ निकायहरु र नेपाल सरकारबीच ऋण सम्झौताहरु तथा नेपाल सरकार र प्राधिकरण एवं प्राधिकरण र यस कम्पनीबीच सहायक ऋण सम्झौताहरु सम्पन्न भइसकेका छन् ।