श्री लालीगुराँसले २०आैं वार्षिकोत्सव मनायो


काठमाडौं, (नेस)
ललितपुरको पुल्चोकस्थित श्री लालीगुराँस बहुउद्धेश्यीय सहकारी संस्थाले २०आंै वार्षिकोत्सव मनाएको छ । संस्थाका अध्यक्ष अमरदास श्रेष्ठ र प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीलगायतका सञ्चालक समितिका पदाधिकारीले केक काटेर वार्षिकोत्सव मनाएका थिए । ललितपुरको चापागाउँ, काठमाडौंको चाबहिल र भक्तपुरको कौशलटार गरी ३ स्थानमा सदस्य सुविधा काउन्टर सञ्चालन गरेको संस्थाले सबै सदस्य सुविधा काउन्टरमा वार्षिक उत्सव मनाएको थियो ।

डिभिजन सहकारी कार्यालय ललितपुरमा २०५६ साल भाद्र १८ गते दर्ता भई २०५६ साल असोज १५ गतेबाट कारोबार शुरु गरेको संस्थामा करिब १९ हजार शेयर सदस्य रहेका छन् । संस्थाका संस्थामा सञ्चालक समिति, उपसमितिले शुभकामना आदानप्रदान गरी वार्षिक उत्सव मनाएको थियो ।