चितवनमा बजाजको नयाँ शोरुम


काठमाडौं, (नेस)
हंशराज हुलास चन्द एन्ड कम्पनी प्रालि बजाज मोटरसाइकलको नेपालका लागि अधिकृत वितरक हो ।
एचएच बजाजले आफ्नो कार्यलाई थप बढाउँदै पँर्ण सुविधासहितको नयाँ शोरुम एनके मोटर्स चितवनको हाकिमचोकमा सञ्चालनमा ल्याएको छ ।

नयाँ शोरुमले ग्राहकलाई बाइकको स्पेयर पार्टस तथा एसेसरिज खरिदका लागि सहज बनाउनेछ । योगेन गुरुङ, हंशराज हुलास चन्द एन्ड कम्पनीका जनरल म्यनाजेरले नयाँशोरुम सञ्चालन भएको घोषणा गर्न पहुँदा खुशी लागेको छ । ग्राहकको बढ्दो मागका कारण एचएच बजाजलाई चितवनमा नयँँ शोरुम स्थापना गर्न उत्साहित बनाएको हो, जसले ग्राहकहरुलाई विभिन्न फाइदा दिने छ । एचएच बजाज देशभरी रहेका ग्राहकका लागि उच्च गुणस्तरको सेवा प्रदान गर्न प्रतिबद्ध छन् ।’