सिटिजन लाइफ इन्स्योरेन्सको पोखरा शाखा


काठमाडौं, (नेस)
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले पोखराको पृथ्वी चोकमा नयाँ शाखा विस्तार गरेको छ । कम्पनीका ब्रान्ड एम्बेस्डरद्वय, मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य तथा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुन मगरको संयुक्तरूपमा उद्घाटन गर्नुभएको छ ।

उक्त कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पौडेलले कम्पनीले हालसम्म गरेका उपलब्धि र भावी कार्ययोजना अनुसारको लक्ष्य हासिल गर्न ग्राहकको आवश्यकता अनुरुपको योजनाहरु ल्याएर कम्पनीलाई सेवामुखी बनाउने कुरामा जोड दिनुभयो ।