भाषणमा रमाउने जनप्रतिनिधी सरसफाइमा जुटेपछि !


कविराज नेपाल
पाल्पा, । जिल्लाबाट प्रदेश सभामा प्रतिनिधित्व गर्ने सांसद र स्थानीय तहका प्रमुख तथा जनप्रतिनिधीले सरसफाइ गरेका छन ।
सोमबार विश्व बसोवास दिवसको अवसरमा तानसेन नगरपालिकाले आयोजना गरेको अमरनारायण मन्दिर परिसरमा सरसफाई गर्न जनप्रतिनिधिहरु जुटेका ्हुन ।

जनप्रतिनिधिहरु हातमा कुटो कोदालो लिएर तानसेनको सरसफाईमा जुटेको देखेपछि स्थानीय भन्दै थिए –‘बल्ल भनेजस्तो काम भएछ ।’
धेरेै जसो भाषण,सभा गोष्ठी र औपचारिक कार्यक्रमहरुमा व्यस्त रहने जिल्लाका जनप्रतिनिधिहरु हातमा कुटो कोदालो लिएर यसरी जुटनेमा प्रदेश सभा सांसदद्धय वीरबहादुर राना,प्रदेश र डा. पुरनमान बज्राचार्य, तानसेन नगरपालिका प्रमुख अशोक कुमार शाही, प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनाल, नगर उप प्रमुख लक्ष्मीदेवी पाठक लगायत थिए । त्यस्तै ।तानसेन नगरपालिका वडा २ का वडा अध्यक्ष वरुणप्रसाद रेग्मी नगरपालिकाका वडा सदस्यहरु, टोल विकास संस्थाका सदस्यहरु, तानसेन नगरपालिका सरसफाई शाखाका कर्मचारी, नेपाल प्रहरी, नेपाली सेना, नारायण युवा क्लवका पदाधिकारी तथा सदस्यहरु फुलवारी सरसफाईमा जुटेका हुन् ।

आम तानसेनवासीमा नयाँ सोच भावनालाई जागृत गराउन, नगरको विकासमा जनसहभागिताको अपनत्व जगाउन, विकासमा सामुहिकता भावना पैदा गर्न यो सरसफाई अभियान शुरु गरिएको नगर प्रमुख अशोक कुमार शाहीले बताए ।

सरफाईमा जुटेका मेहलधारा, बढिज्ञानटोल, असनटोल, नारायणस्थानका टोल विकास संस्थाहरु सरसफाईमा सक्रिय भएर लागेका थिए । नारायणस्थान फुलवारीलाई महिना खुला गरी नियमित रुपमा सरसफाई गरी वाह्ै महिना खुल्ला रहने गरी तानसेकै नमुना फुलवारीको रुपमा विकास गर्न सकिने सरसफाईमा सहभागीहरुले बताएका छन् ।

सरसफाई कार्यक्रममा मा सहभागी प्रदेश सांसद वीरबहादुर रानाले विकास पैसाले मात्र नभई सामुहिक भावना, सामुहिक एकताबाट गरिएको विकास प्रभावकारी र दिगो हुने बताए । नगरपालिकाका कर्मचारीहरुलाई फुलवारी सरसफाई गर्न महिनौ लाग्नेमा सामुहिक रुपमा काम गर्दा एक विहानमै काम पुरा भएको सांसद रानाले बताए ।