धनवीर दाहाल, रुकुम ।
यसवर्षको वर्षा रोकिएपनि रुकुम पश्चिमको सदरमुकाम मुसिकोट लगायत ग्रामिण सडकहरु अझै मर्मत हुन सकेका छैनन् ।
सडक मर्मतमा ढिलाई हुँदा यातायात सेवा सञ्चालनमा समस्या देखिएको छ । मुसिकोट नगरपालिका वडा नम्बर एक पातुखोला स्थित अवरुद्ध बनेको सडक मर्मतको काम अझै सुरु हुन सकेको छैन ।
यहाँको सडक मर्मत नहुँदा खलंगा–राउखेत सडक खण्डको यातायात सेवा तीन महिनादेखि अवरुद्ध भएको छ ।
लामो समयदेखी यस सडक सञ्चालनमा नआउँदा जिल्लाको आठविसकोट, बाँफिकोट, रुकुम पूर्वको रुकुमकोट, धाउने लगायत क्षेत्रको सवारी साधन आवतजावतमा समस्या देखिएको छ ।
सदरमुकाम नजिकैको सडक अवरुद्ध हुँदा मुसिकोटबाट जिल्लाका विभिन्न ठाउँमा चल्ने यातायातका साधनहरु अन्यत्रको लामो बाटो भएर आवतजावत गर्न बाध्य भएका छन् ।
यस्तै मुसिकोट देखी चौरजहारी तथा त्रिवेणी गाउँपकालिकाको पेउघा हुँदै नुवाकोट सम्म चल्ने सडकखण्ड सञ्चालनमा समेत ढिलाई भएको छ ।
यसवर्षको वर्षा सकिए पनि ग्रामीण सडकको मर्मत तथा पुनः यातायात सेवा सञ्चालनमा ढिलाई भएकोले यहाँका धेरैजसो यात्रुहरु पैदल हिड्न बाध्य बनेका छन् ।
प्रतिक्रिया