सेञ्चुरी बैंकले स्वास्थ्य शिविर सञ्चालन


काठमाडौं, (नेस)
सेञ्चुरी कमर्सियल बैंकले विश्व मुटु दिवस २०१८ को उपलक्ष्यमा बैंकको प्रधान कार्यालयमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन ग¥यो ।

शहीद गंगालाल राष्ट्रिय ह्दय केन्द्रबाट वरिष्ठ कार्डियोलोजिष्ट डा. विनयकुमार रौनियारलगायत सम्पूर्ण टिमको सहयोगमा सो स्वास्थ्य शिविर सम्पन्न भएको थियो ।

बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालित शिविरमा ईसीजी तथा मुटुसम्बन्धी अन्य स्वास्थ्य परीक्षण पनि गरिएको थियो । ग्राहकवर्ग, शेयरधनी, कर्मचारीलगायत सर्वसाधारण गरी उक्त शिविरमा १५० जनाभन्दा बढीको निः शुल्क स्वास्थ्य परीक्षण गरिएको थियो ।

बैंकले काठमाडौं उपत्यकामा १२ शाखा र ६ वटा एक्सटेन्सन काउन्टर र उपत्यका बाहिर ९२ शाखाहरु र २ वटा एक्सटेन्सन काउन्टर साथै १० वटा शाखारहित बैंकिङ गरी जम्मा १२२ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।