गोल्डेन डायमन्ड ज्वेलरी मेला हुने


नेपाल समाचारपत्र, ललितपुर
गोल्डेन डायमण्ड एन्ड ज्वेलरीले असोज १८ गते ‘तेस्रो गोल्डेन डायमण्ड दशैं तिहार मेला’ आयोजना गर्ने भएको छ ।नयाँ–नयाँ डिजाइनका गरगहना एउटै थलोवाट सुपथ मँल्यमा उपलब्ध गराउन सो मेला आयोजना गर्न लागिएको कम्पनीका अध्यक्ष ज्ञानुराजा शाक्यले जानकारी दिनुभयो ।

पाँच दिनसम्म मंगलबजारको हखाटोल (बुद्ध प्रतिमास्थल अगाडि) सो मेला सञ्चालन हुने छ। नेपाल सुनचाँदी व्यवसायी महासंघको उपाध्यक्ष समेत रहनु भएका शाक्यले परिवर्तित समय, आम उपभोक्ताको नयाँ–नयाँ चाहना, बढ्दो माग अनुरुप सुनसंँगै हिरा जवाहरातका गरगहनाको माग बढिरहेकाले सो मेला गर्न लागेको जानकारी दिनुभयो ।

प्रदर्शनीमा नयाँ तथा आकर्षक सुन र हिराका गहनाको प्रदर्शनीमा राखिने बताइएको छ । ‘त्यसैगरी मेला अवधिभर सुनचँँदी तथा हिराका गरगहनाका पारखीको जमघट हुने विश्वास गरेका छौं ।’ शाक्यले भन्नुभयो ।

शाक्यका अनुसार मेलाका अवसरमा सुन तथा हिराका गरगहना खरिद गर्ने ग्राहकलाई निःशुल्क स्वास्थ्य बीमाको प्याकेज उपलब्ध गराउने छ । १ लाख २५ हजार रुपैयाँसम्मका गहना खरिद गर्ने ग्राहकका लागि २ लाख रुपियाँसम्म बीमा गरिने छ । यस्तै १ लाख २५ हजार रुपियाँदेखि २ लाख ५० हजार रुपियाँसम्मका गहना खरिदकर्तालाई ३ लाख रुपियाँ बीमा गरिनेछ ।

यस्तै ३ लाखदेखि ५ लाख रुपियाँसम्मको गरगहना खरिद गर्नेलाई ५ लाख र ५ लाखदेखि १० लाखसम्मको बीमा गर्नेलाई १० लाख रुपियाँकै बीमा प्याकेज दिने पनि शाक्यले जानकारी दिनुभयो ।

मेलाकै अवसरमा सुनचाँदीको क्षेत्रमा महत्वपँर्ण योगदान पु¥याउने तीन जना व्यक्तिलाई सम्मान गर्ने कार्यक्रम पनि रहेको छ । गहना खरिद गर्ने ग्राहक मध्येबाट एक जनालाई बंैकक भ्रमणको बम्पर ड्र उपहार योजना पनि रहेको कम्पनीले जनाएको छ ।