हिरोको १ लाख नगद जित्नको नाम घोषणा


काठमाडौं, (नेस)
नेपालका लागि हिरो मोटरसाइकलको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङ प्रालिले दशैं र तिहारको उपलक्ष्यमा ‘दशैं तिहार बन्ने छ हिरोमाञ्चक’ भन्ने नयाँ योजनाअन्तर्गत पाक्षिक लक्की ड्रमा कुपन नम्बर पीवाईबीएजेडएमका राम रतन गुुप्ताले एक लाख नगद जितेका छन् ।

यस योजनाअन्तर्गत हिरो मोटरसाइकल किन्ने ग्राहकले ६ हजार तथा स्कुटर किन्ने ग्राहकले ८ हजार पक्का डिस्काउन्ट, स्क्रयाच कार्डमार्फत १ हजारदेखि १ लाखसम्म पाउन सक्ने तथा हरेक १५ दिनमा बम्पर लक्की ड्र उपहार स्वरुप एक जनाले १ लाख नगद पाउने छन् ।