श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी २०औं वर्षमा प्रवेश


काठमाडौं, (नेस)
श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाले २०औ वर्षमा प्रवेश गरेको छ ।
२०औ वार्षिक दिवसको अवसरमा संस्थाका प्रमुख कार्याकारी निर्देशक सुरेन्द्र भण्डारीले देशको आर्थिक विकासको मेरुदण्डको रुपमा रहेको सहकारी क्षेत्रको समग्र विकास गर्न यस संस्थाले आगामी वर्षमा थप नयाँ योजना अघि बढाउँदै लैजाने बताउनुभयो ।

ललितपुरको चापागाउँ, काठमाडौंको चावहिल र भक्तपुरको कौशलटार गरी ३ स्थानमा सदस्य सुविधा काउन्टर सञ्चालन गरेको संस्थाले हालसम्म ३ सयलाई रोजगारी दिएको छ । डिभिजन सहकारी कार्यालय ललितपुरमा २०५६ साल भदौ १८ गते दर्ता भई असोज १५ गतेबाट कारोबार शुरु गरेको संस्थाले सामाजिक उत्तरदायित्व वहन गर्ने क्रममा संस्थाको मुख्य लगानीमा सञ्चालित श्री लालीगुराँस राष्ट्रिय उच्च मा.वि.÷कलेज प्रालिमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ ।


त्यसैगरी संस्थाको मुख्य लगानीमा सञ्चालित लालीगुराँस हस्पिटल प्रालिले प्रत्येक महिना निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने गरेको छ । संस्थाले बहुउद्देश्यीय लगानीअन्तर्गत स्वास्थ्य क्षेत्रतर्फ ललितपुर, ताल्छिलेखमा लालीगुराँस हस्पिटल प्रालि, शिक्षातर्फ काठमाडौंं, नयाँ बानेश्वरमा लालीगुराँस राष्ट्रिय उच्च मावि÷कलेज प्रालि, ऊर्जा क्षेत्रतर्फ सिन्धुपाल्चोकको लार्चामा भैरवकुण्ड हाइड्रोपावर, डेरी परियोजनातर्फ चितवन खैरहनीमा श्री लालीगुराँस डेरी फार्म एन्ड रिसर्च सेन्टर तथा अन्य क्षेत्रतर्फ जय लालीगुराँस इन्भेष्टमेन्ट ट्रेडिङ कम्पनीलगायत अन्य विभिन्न संघ संस्था तथा कम्पनीमा लगानी गरेको संस्थाले जनाएको छ ।

प्रमुख कार्यकारी निर्देशक भण्डारीले हाल तीन स्थानमा रहेको सदस्य सुविधा काउन्टरलाई वृद्धि गरी विभिन्न जिल्ला र राजधानीको अन्य केही स्थानमा पु¥याउने तयारी भइरहेको जानकारी दिनुभयो । संस्थाले भविष्यमा डेरी उद्योग सञ्चालन गर्ने तयारी गरेको छ । संस्थाले कर्मचारीको क्षमता अभिवृिद्ध गर्न तालिम सञ्चालन गर्दै आएकोे संस्थाले जनाएको छ ।