‘स्काईवर्थसँग परिवार दंग’ योजना


काठमाडौंं, (नेस)

के एल दुगड समूहअन्तर्गतको स्मार्ट अप्लाइन्सेस कम्पनीले दशंै, तिहार र छठको अवसर पारेर ‘स्काईवर्थसँग परिवार दंग’ योजना ल्याएको छ । ‘स्काईवथस“ंग आकर्षक उपहार पाउनुहोस् ’ भन्ने उक्त योजनाको स्लोगन रहेको छ ।

ग्राहकले स्काई वर्थको ६५ क्यू थ्री र ५५ जी सिक्स मोडलको टेलिभिजन खरिदमा ३÷१ म्युजिक सिस्टम उपहार स्वरुप पाउने छन् । त्यस्तै टु एस थ्रीए ३१ टी÷४३ ईथ्रीए १२ जी÷४३ एस थ्री ए ३१ टी गुगल एन्ड्रोइड ४३ यु फाइभ÷४९ युफाइभ ५५ ई थ्री तथा ३२ ईटुए १२ जी मोडलका टिभीको खरिदमा ब्लूटूथ स्पिकर उपहार पाइने कम्पनीले जनाएको छ ।

त्यस्तै रेफ्रिजेरेटरको खरिदमा माइक्रोवेभ तथा विभिन्न मोडलका वासिङ मेसिनको खरिदमा राइस कुकर प्राप्त गर्ने छन् । एयर कन्डिसनको खरिदमा निःशुल्कः जडान तथा २ वर्षको वारेन्टी प्राप्त गर्ने छन् ।

प्रसिद्ध ब्रान्ड स्काईवर्थले नेपाली बजारमा उत्कृष्ट घरायसी सामग्री उपलब्ध गराउँदै आएको छ । नजिकि“दै गरेको चाडपर्वमा ग्राहकले यो योजनामार्फत नयाँ अवसर तथा अनुभव हासिल गर्ने कम्पनीले विश्वास लिएको छ ।
स्मार्ट अप्लाएन्स इलेक्ट्रोलक्स, स्काइवर्थ, ओस्टर, फ्यागोर तथा ह्वाइट वेस्टिनहाउस जस्ता कम्पनीको एकमात्र आधिकारीक एजेन्सी रहेको छ । स्काईवर्थले उत्कृष्ट डिजिटल डिस्प्ले भएका प्रडक्टहरुका साथै सेवा उपलब्ध गराउँदै आएको छ ।