शेयर बजारको पुँजी १५ अर्बभन्दा माथि


काठमाडौं, (नेस)
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक साताभरीमा ९ दशमलव ५ अंकले बढेको छ । नेप्से परिसूचक १२६७ दशमलव १८ को बिन्दूमा रहेको साता समग्र पु“जीकरण १५ खर्ब ९ अर्ब ३२ करोड २४ लाख रुपिया“ पुगेको छ । एक सातामा पु“जी बजारका लगानीकर्ताको सम्पत्ति ११ अर्ब ३१ करोड ३० लाख रुपिया“ले बढेको छ ।

साताभर १८९ कम्पनीको ३२ हजार ६ सय २ कारोबारबाट ३ अर्ब ३० करोड ८१ लाख ५६ हजार रुपिया“ बराबरका १ करोड ६७ लाख ७२ हजार २ सय ४० कित्ता शेयर खरिद बिक्री भएका छन् । जुन अघिल्लो साताको भन्दा २६ दशमलव शून्य २ प्रतिशतले बढी हो । अघिल्लो साता २ अर्ब ६२ करोड ५० लाख १४ हजार रुपिया“को शेयर किनबेच भएको थियो ।

कारोबारमा भएका १८९ कम्पनीमध्ये सबैभन्दा बढी प्रभु बैंकको शेयर कारोबार भएको छ । सो बैंकको २३ करोड ३६ लाख १० हजार रुपिया“को शेयर किनबेच भएको हो ।

यसैगरी एनआईसी एसिया बैंकको १७ करोड ८३ लाख ४० हजार ँ, एनएमबि बैंकको १६ करोड ९१ लाख ८० हजार, नेपाल बैंकको १६ करोड ३० लाख ँ र कुमारी बैंकको १४ करोड ३५ लाख १० हजार रुपिया“ शेयर कारोबार भएको छ । कारोबार भएको शेयर संख्याको आधारमा पनि क्यापिटल मर्चेन्ट बैंक एन्ड फाइनान्स कम्पनीको संस्थापक शेयर नै अगाडि रहेको छ । जसको ३० लाख ८५ हजार कित्ता शेयर किनबेच भएको हो ।

कारोबार संख्यामा भने प्रभु बैंक अग्रस्थानमा रहेको छ, जसको संख्या १ हजार ८ सय २७ वटा रहेको छ ।
त्यस्तै यस साता ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ परिसूचक पहिलो दिनको तुलनामा २ दशमलव २३ अंकले बढेर २ सय ६९ दशमलव २३ अंकमा पुगेको छ । यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार चार दिन खुल्ला रहयो ।

यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोबार नभएको नेप्सेले जनाएको छ