कुल गार्हस्थ्य उत्पादनमा शेयरको योगदानमा गिरावाट


नेपाल समाचारपत्र, काठमाडौं
कुल गार्हस्थ्य उत्पादनमा शेयरको योगदानमा गिरावाट आएको छ । नेपाल राष्ट्र बैंकका अनुसार कुल गार्हस्थ्य उत्पादनमा शेयर बजारको हिस्सा २४ दशमलव ६ प्रतिशतले घटेको छ ।

चालू आर्थिक वर्षको पहिलो महिना २५ दशमलव ९ प्रतिशतले ह्रास भई १२१० दशमलव ३ विन्दुमा सीमित भएको छ । गत वर्षको साउन मसान्तमा उक्त सूचकांक ४ दशमलव ९ प्रतिशतले ह्रास भई १६३२ दशमलव ७ विन्दु कायम भएको थियो । धितोपत्र बजार पु“जीकरण वार्षिक विन्दुगत आधारमा २४ दशमलव ८ प्रतिशतले ह्रास भई यस वर्षका साउन मसान्तमा १४४० अर्ब १७ करोड रुपिया“ कायम भएको छ ।

बजार पु“जीकरण २०७४ साउन मसान्तमा १ दशमलव २ प्रतिशतले वृद्धि भएको थियो । बजार पु“जीकरणमा बैंक, वित्तीय संस्था र बीमा कम्पनीहरुको अंश ८० दशमलव ७ प्रतिशत रहेको छ भने जलविद्युत् क्षेत्रको ४ दशमलव ४ प्रतिशत, उत्पादन तथा प्रशोधन क्षेत्रको २.७ प्रतिशत, होटलहरूको १ दशमलव ७ प्रतिशत, व्यापारिक संस्थाहरूको शून्य दशमलव १ प्रतिशत र अन्यको १० दशमलव ४ प्रतिशत रहेको छ ।

साउन मसान्तमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या १९६ रहेको छ । २०७४ साउन मसान्तमा यस्तो संख्या १९९ रहेको थियो । सूचीकृत कम्पनीहरूमध्ये १४७ वटा बैंक तथा वित्तीय संस्था (बीमा कम्पनी समेत) रहेका छन् भने १८ वटा उत्पादन र प्रशोधन उद्योग, १९ वटा जलविद्युत् कम्पनी, ४र४ वटा होटल तथा व्यापारिक संस्था र ४ वटा अन्य समूहका रहेका छन् ।

त्यस्तै देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा बजार पु“जीकरणको कुल गार्हस्थ्य उत्पादनस“गको अनुपात ४७ दशमलव ९ प्रतिशत रहेको देखाएको छ । यस्तो योगदान अघिल्लो वर्ष ७२ दशमलव ५ प्रतिशत रहेको राष्ट्र बैंकल जनाएको छ ।