शेयर बजारमा गिरावट


नेपाल समाचारपत्र, काठमाडौं
साताको अन्तिम कारोबार हुँदा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसँचक १० दशमलव ५६ अंकले घटेर १ हजार २ सय ६७ दशमलव १८ को बिन्दँमा झरेर बन्द भएको छ ।

कुल १ सय ६९ कम्पनीको २१ लाख ९२ हजार २०१ कित्ता शेयर खरिद बिक्री हुँदा ५७ करोड २६ हजार ९१ सय ६९१ रुपियाँको कारोबार भएको छ । यस दिन सबैभन्दा बढी कारोबार प्रभु बैंकको भएको छ । उक्त बैंकको ४ करोड ६९ लाख १५ हजार १६९ रुपियाँको शेयर कारोबार भएको छ ।

त्यस्तै धेरै कमाउनेमा नेसनल हाइड्रोपावर कम्पनीका लगानीकर्ता रहेका छन् । उक्त कम्पनीको शेयर मँल्यमा ९ दशमलव ८८ प्रतिशतले बढेको छ । साथै धेरै गुमाउनेमा हिमालयन पावर कम्पनी र अरुण काबेली पावरका लगानीकर्ता रहेका छन् । जसको शेयर मँल्यमा ५ प्रतिशतभन्दा बढीले घटेको छ ।यस दिन होटल समूह र उत्पादक तथा प्रशोधन बढेका छन् भने बाँकी सबै समँहहरु घटेका छन् ।

बिहीबार ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसँचक २ दशमलव ४९ अंकले घटेर २ सय ६९ दशमलव २३ अंकमा पुगेर बन्द भएको छ ।