ओपोले एफ नाइन स्टारी पर्पल आउँदै


काठमाडौं, (नेस)
ओपोले एफनाइन स्टारी पर्पल नेपालमा सार्वजनिक गर्ने घोषणा गरेको छ । पछिल्लो महिना ओपो एफनाइन लाई सनराइज रेड र ट्वाइलाइट ब्ल्युमा सार्वजनिक गरेको ओपोले अक्टोबर पहिलो साताभित्रै पर्पल रङ सार्वजनिकगर्ने घोषणा गरेको हो ।

ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने– ‘उपभोक्ताका आवश्यकता र चाहना हाम्रा लागि ओपोमा सधै प्राथमिकताको विषय हो । ओपो एफ नाइन सार्वजनिक समारोहमा एफ नाइन स्टारी पर्पलको घोषणा गरेदेखि नै फोन चर्चाको विषयका रुपमा रहँदै आएको थियो । ओपो एफ नाइन स्टारी पर्पल अक्टोबरको पहिलो साता सार्वजनिक हुने घोषणा गर्न पाउँदा हामी निकै खुशी तथा उत्साहित छौं ।’

५ मिनेटको चार्जमै २ घण्टाको टक टाइम उपलब्ध गराउने भोक फ्ल्यास चार्ज सुविधासहितको ओपो एफनाइन स्टारी पर्पलमा उद्योगकै पहिलो ग्राडियन्ट कलर डिजाइनको प्रयोग गरिएको छ ।

उद्योगकै पहिलो ६.३ इन्च वाटर ड्रप स्क्रिन डिजाइन, ९०.८ प्रतिशतको उच्च स्क्रिन टु बडी रेसियो, पृथक ग्राडियन्ट कलर डिजाइन र ३५०० एमएएच ब्याट्री जडान गरिएको ओपो एफनाइन स्टारी पर्पलले उत्कृष्ट सेल्फी फोनका साथै प्रयोगकर्तालाई उत्कृष्ट अनुभव प्रदान गर्छ ।