नयाँ पर्यटकीय गन्तव्य पुरस्कृत


काठमाडौं, (नेस)
३९औं विश्व पर्यटन दिवस बिहीबार विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइएको छ ।‘पर्यटन र डिजिटल ट्रान्सफरमेसन’ भन्ने नारासहित विश्व पर्यटन मनाइएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले पर्यटकको संख्यामा वृद्धि गर्नको लागि पर्यटकीय गन्तव्यको विकास गरी आन्तरिक पर्यटनलाई थप प्रवद्र्धन गर्ने आवश्यक रहेको बताउनुभयो ।
पर्यटन दिवसको अवसरमा आयोजित सरकारको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले करिब ५० लाख आन्तरिक पर्यटकको देशभर गतिविधि हुने हुँदा यसलाई थप व्यवस्थित गर्नको लागि मन्त्रालय लागि रहेको समेत बताउनुभयो ।

नेपाल आएका पर्यटकको संख्यालाई व्यवस्थित गणना गर्न नसक्दा नेपाल आउने पर्यटकको सही आँकडा आउन नसकेको मन्त्री अधिकारीको भनाइ छ, स्थलमार्गबाट आएका पर्यटकको संख्याको गणना हुन नसकेको उहाँले बताउनुभयो । करिव १२ लाखको हाराहारीमा स्थलमार्गबाट पर्यटक भित्रिने गरेको मन्त्री अधिकारीको दाबी छ ।

सरकारले पर्यटन उद्योगलाई महŒव नदिएका कारणपछि परेको भन्दै यसलाई राष्ट्रिय अर्थतन्त्रको महत्वपँर्ण आयको रुपमा विकास गर्नको लागि आगामी २ वर्षभित्र पँर्वाधार क्षेत्रमा उल्लेखनीय प्रगति भई पर्यटन उद्योगले नयाँ गति लिने विश्वास मन्त्री अधिकारीको छ ।

यसैबीच विश्व पर्यटन दिवसका अवसरमा मन्त्रालयले नेपाल वायुसेवा निगम, जेट एयरवेज, नेपाल नागरिक उड्डयन प्राधिकरणलगायतका संस्थालाई सम्मान गरेको छ । पर्यटन मन्त्रालयअन्तर्गत बढी कर तिर्नेमा नेपाल नागरिक उड्डयन प्राधिकरणलाई सम्मान गरिएको थियो । वैदेशिक मुद्रा आर्जन गर्ने कम्पनीको रुपमा नेपाल वायुसेवा निगमलाई सम्मान गरिएको थियो भने नयाँ पर्यटकीय गन्तव्यतर्फ शाश्वत धाम नवलपरासीलाई सम्मान गरिएको छ ।

यस्तै भ्रमण वर्ष २०२० को उत्कृष्ट लोगो बनाउने उद्धवराज रिमाललाई एक लाख रुपियाँ प्रदानसहित सम्मान गरियो । नयाँ पर्यटकीय केन्द्र विकास गरिएको योग्दान स्वरुप तीनवटा गाउँलाई समेत सम्मान गरियो । जस्मा सम्मानित हुने गाउँमा राराको मुर्मा, रामेछापको दोरम्बा र लमजुङको राइनासकोट रहेका छन् ।