दूध, पानी र खाने तेलको अनुगमन प्राथमिकतामा


नेपाल समाचारपत्र, काठमाडौं
सरकारले देशभरका सबै सरोकारवाला निकायको सहभागितामा खाद्य स्वच्छता अभियान शुरु गरेको छ। पछिल्लो समय बजारमा गुणस्तरहिन खाद्य वस्तुको बिक्री बितरण बढेपछि सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालयको पहलमा खाद्य सुरक्षाका विषयमा अभियान चलाएको हो ।

बिहीबारदेखि ‘खाद्य स्वच्छता तथा गुणस्तर अभियान २०७५’ शुरु गरिएको हो ।‘हामी सबैको सरोकार, खाद्य स्वच्छता र गुणस्तर’ मुल नाराका साथ शुरु गरेको अभियान पहिलो चरणमा सबै महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र शहरी क्षेत्रमा तथा दोस्रो चरणमा मुलुकभर चलाइने बताइएको छ।

अभियानमार्फत मुख्यतया पिउने पानी, प्रशोधित दूध तथा खाने तेलको स्वच्छता र गुणस्तरमा उल्लेख्य सुधार गरी आम उपभोक्ताको विश्वास अभिवृद्धि गर्ने उद्देश्यले उक्त अभियान सञ्चालन गर्न लागिएको हो । अभियान उद्घाटन कार्यक्रममा बोल्दै कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणि खनालले प्रशोधित द”ध, पानी र खाने तेलको गुणस्तरका विषय प्रमुख प्राथमिकताका साथ उठाइने बताउनुभयो । एक वर्षसम्म चल्ने अभियानमा खाद्य सुुरक्षा, सचेतना, क्षमता विकास र नियमन गर्ने सरकारको तयारी छ । मन्त्री खनालले बजारमा सरकारको उपस्थिति न्यँन देखिएको भन्दै खाद्य स्वच्छता अभियानमार्फत् नीति, नियमलाई प्रभावकारी बनाउनसमेत बताउनुभयो ।

मन्त्री खनालले भन्नुभयो–‘अहिले बजारमा सरकारको उपस्थिति न्यँन छ । खाद्य स्वच्छताको कुरामा र जनताको स्वास्थ्यसँग खेलवाड गर्ने कुरामा कसैलाई पनि छोडिँदैन । व्यापारीले गुण्डा लगाएरै थर्काउन आए पनि त्यसलाई कुनै हालतमा सरकारले स्वीकार्दैन ।’

‘खाद्य सुरक्षा र गुणस्तर कायम नराख्ने उद्योगी, व्यवसायीलाई सम्झाई बुझाई गर्दा पनि जिम्मेवार भएनन् भने कानँनको अन्तिम अस्त्र प्रयोग गर्न तपाई हामी तयार रहनुपर्छ ।’ मन्त्री खनालको भनाइ छ । खाद्य वस्तुमा कुनै पनि हालतमा सम्झौता गर्न नहुने र सम्बन्धित निकाय खाद्यान्न, दँध, पानी जस्ता अत्यावश्यक वस्तुमा पनि जिम्मेवार नभए सरकार कठोर भएर अघि बढ्ने मन्त्री खनालले बताउनुभयो ।

उक्त अभियान सञ्चालन गर्नका लागि चारवटा समिति गठन गरिएका छन् । जसअन्तर्गत कृषि तथा पशुपन्छी विकास मन्त्रीको अध्यक्षतामा उच्चस्तरीय अभियान निर्देशक समिति, कृषि सचिवको अध्यक्षतामा अभियान अनुगमन तथा मँल्यांकन समिति, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशकको अध्यक्षतामा केन्द्रीय अभियान सञ्चालन समिति र सबै प्रदेशमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका कार्यालय प्रमुखको अध्यक्षतामा अभियान सञ्चालन समिति गठन गरिएको छ ।

त्यसैगरी यसअघि दैनिक रुपमा हुँदै आएको बजार अनुगमनको प्रभावकारी कार्यान्वयनका लागि कृषि तथा पशुपन्छी राज्यमन्त्री रामकुमारी चौधरीको संयोजकत्वमा केन्द्रीय अनुगमन समितिसमेत गठन गरिएको छ ।
अभियानका लागि बजेट ब्यवस्थापन गर्न चालँ आर्थिक वर्षमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको स्वीकृत वार्षिक कार्यक्रमअनुसार खाद्य पोषण तथा प्रविधि कार्यक्रमबाट खर्च गरिनेछ ।