एनसेलका तेस्रो साताका विजेतालाई पुरस्कार प्रदान


काठमाडौ, (नेस) एनसेल प्रालिले ल्याएको ‘रिचार्ज एन्ड विन’ अफर अन्तर्गत बिहीबार तेस्रो साताका विजेतालाई नगद पुरस्कार हस्तान्तरण गरेको छ । यो अफर १० सातासम्ममा सञ्चालन हुनेछ ।

तेस्रो साताका १० जना विजेतामध्ये आठ जनाले बिहीबार जनही नगद एक लाख रुपियाँ पुरस्कार प्राप्त गरेका छन् । यस हप्ताका घोषित कुल १० जना विजेतामध्ये एक जनाको पहिचान तथा प्रमाणित गर्ने काम भइरहेको एनसेलले जनाएको छ ।

एनसेलका प्रमुख सँचना अधिकृत विशाल उपाध्यायले काठमाडौंमा बिहीबार आयोजित एक कार्यक्रममाझ तेस्रो हप्ताका आठ विजयी तिलमाया मानन्धर (स्याङ्जा), माधव भण्डारी (दाङ), मिरा चेपाङ (गोरखा), पासपति चौधरी (नवलपरासी), अमिर सारु (रुपन्देही), पल्टु चौधरी (सुनसरी), डोल कुमारी मगर (रौतहट) र पद्मकुमारी दंगाल (सिन्धुपाल्चोक) –लाई जनही रु एक लाखनगद पुरस्कार हस्तान्तरण गर्नुभयो ।

त्यस्तै पहिलो साताको पुरस्कार लिन बाँकी उदयपुरका खिलबहादुर तामाङ र दोस्रो साताका विजयी काभ्रेपलाञ्चोककी शान्ति तामाङ र तनहुँका खड्ग बहादुर श्रेष्ठलाई पनि नगद पुरस्कार प्रदान गरिएको छ ,