नाफामात्रै खोज्ने मेला आयोजना गर्न नदिइने


हेटौंडा, (नेस)
मकवानपुर उद्योग वाणिज्य संघले गर्न लागेको व्यापार मेलाबारे छलफल गर्ने क्रममा हेटौंडा उपमहानगर मेयर हरिबहादुर महतले असन्तुष्टि व्यक्त गर्नुभएको छ ।

उहाँले घरेलु, नितान्त उत्पादनमँलक वस्तु बिक्री बितरण गर्ने गरी मेला गर्ने भए अनुमति दिइने, होइन भने नगरभित्र कुनै स्थानमा मेला नगर्न नदिने बताउनुभयो । सहकार्य गरेर बरु घाटा भए घाटा व्यहोर्न तयार हुने तर विदेशी खेल देखाएर बाहिरी व्यवसायीलाई नाफा कमाउने हिसाबले गर्न नदिने उहाँले बताउनुभयो ।

मेला भनेको बजारको भन्दा सस्तो हुनुपर्ने हो । तर, बजारको भन्दा महंँगो किनबेच हुने भएकाले यस्तो मेला गर्न नहुने मेयरले बताउनुभयो । उहाँले ‘म मेला विरोधी होइन, तर विभिन्न खालका विकृति भित्र्याउने किसिमले मेला गर्न म दिन्न’ भन्नुभयो ।

उहाँले भन्नुभयो–‘यसअघिका मेला तथा महोत्सव पनि हेरिएको छ । सोही प्रकारको मेला हुन म दिन्न । संघले मेलाको पैसा जोगाएर भवन बनाउने उद्धेश्य राखेको भए भवन निर्माणका लागि कानुनीरुपमा आफँहरुले सक्दो आर्थिक सहयोग गर्ने र सहयोगको लागि सहजीकरणसमेत गर्ने भन्दै उहाँले मेला÷महोत्सवले विकृति भित्र्याएको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।

पुस २६– माघ ६ गतेसम्म मेला सञ्चालन गर्ने उद्धेश्यले विभिन्न राजनीतिक दलका प्रतिनिधिले मेलाको पँर्णरुपमा सहमति जनाए पनि मेयरले गर्न नदिने भएपछि छलफल टुंगिएको थियो ।

नेपाल कम्युष्टि पार्टी (नेकपा) का नेता कमानसिंह पाख्रिनले संघले आयोजना गर्न लागेको मेलालाई व्यवस्थित बनाउनुपर्ने बताउनुभयो । संघीय समाजवादी फोरम मकवानपुर अध्यक्ष शुभरत्न गोलेले विगतका दिनमा संघले मेला गर्नुअघि राजनीतिक दललाई बोलाए पनि मेला समापन भएपछि राजनीतिक दलसमक्ष समिक्षा गर्न आनाकानी गरेको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता गुरुप्रसाद सापकोटाले संघले विगतमा गरेको मेलामा पारदर्शिताको पक्ष कमजोर रहेकोले आगामी मेलामा यस्ता कमी÷कमजोरी सच्याउन आग्रह गर्दा नयाँ शक्ति पार्टी नेपालका सहसंयोजक जीवनमान मोक्तानले विवादरहित मेला सञ्चालन गर्न संघलाई सुझाव दिनुभएको थियो ।

संघ पँर्वअध्यक्ष भुवनलाल श्रेष्ठले कार्यसमिति विवादस्पद नरहेकाले अब गर्न लागिएको मेला पारदर्शी र विवादरहित हुनेमा विश्वस्त रहन आग्रह गर्नुभयो । संघ अध्यक्ष कृष्ण कटुवालले मेलाबाट उठेको रकमले संघले ३२ कोठे गेष्टहाउस र एक व्यवस्थित हल बनाउने बताउनुभयो । मेला सफलतापँर्वक सम्पन्न गर्नु मुख्य चुनौती रहेको बताउँदै उहाँले सहयोगको अपेक्षा गर्नुभयो ।