नेपाल समाचारपत्र, काठमाडौ ।
पत्रकार र मानबअधिकारकर्मीहरुको नागरिक संगठन मानब अधिकार संचार प्रतिष्ठान (इहिकन) को अठारौ साधारणसभाले शान्ति, मानबअधिकार र लैगिक हिसाका बिषयका प्रशिक्षक मीना शर्मालाई आगामी तीन बर्षका लागि अध्यक्ष पदमा निर्बाचित गरेको छ ।
राष्टिय र अन्तरराष्टिय रुपमा बिभिन्न बिषयमा प्रशिक्षण दिने गर्नुभएका मीना शर्मा यस अघिको कार्यसमितिमा उपाध्यक्ष हुनुहुन्थ्यो ।
सर्चफर कमन ग्राउण्डमा प्रोजेक्ट कोर्डिनेटर भैसक्नुभएकी शर्माको अध्यक्षतामा बनेको कार्यसमितिको उपाध्यक्षमा रबिना श्रेष्ठ, महासचिबमा नेहा शर्मा , सचिबमा रीता सापकोटा र कोषाध्यक्षमा अनिता बिष्ट निर्बाचित हुनुभएको छ । श्रेष्ठ यसअघिको कार्यसमितिमा महासचिब , सापकोटा सचिब नै हुनुहन्थ्यो । नहा तीन बर्षको अघिकै कार्यसमितिमा सचिब हुनुहुन्थ्यो ।
कार्यसमितिको सदस्यहरुमा शारदा कोइराला , कर्ण नेपाली , रोशनी अधिकारी र देबिका तिम्सिना रहनुभएको छ । कार्यसमिति चयनका लागि निर्बाचन मण्डलमा बरिष्ठ पत्रकार टंक पन्त , तीर्थ कोइराला र राधा बुढाथोकी रहनुभएको थियो ।
निबर्तमान अध्यक्ष एवं मानबअधिकारकर्मी , पत्रकार अमुता लम्सालको अध्यक्षतामा भएको साधारणसभाले अघिल्लो कार्यसमितिमा प्रभाबकारी रुपमा महासचिब पदमा रहनुभएकी रबिना श्रेष्ठले पेश गर्नुभएको महासचिबको प्रतिबेदन र कोषाध्यक्ष अनिता बिष्टले पेश गर्नुभएको कोषाध्यक्षको प्रतिबेदनमाथि छलफल गरी पारित गरेको छ ।
साधारणसभामा नबनिर्बाचित अध्यक्ष मीना शर्माले सस्थालाई सामुहिकताको आधारमा अगाडि बढाउने र सुशासन र पारदर्शितालाई जोड दिने प्रतिबद्धता ब्यक्त भएको छ । उहाले बिगतमा भएका कमजोरी आगामी दिनमा हुन नदिने र संस्थालाई ब्यबस्थित ढंगले संचालन गर्ने बताउनुभएको छ ।
निबर्तमान अध्यक्ष अमृता लम्सालले नबनिर्बाचित कार्यसमितिलाई बधाइ दिनुभएको साधारणसभामा बरिष्ठ पत्रकारहरु टंक पन्त , कृष्ण केसी , राधा बुढाथोकी , तीर्थ कोइराला , नबनिर्बाचित महासचिब नेहा शर्मा , सचिब रीता सापकोटा , सस्थाकी पुर्ब उपाध्यक्ष एवं सबिधानसभाकी सभासद कमला बिश्वकर्मा, कार्यसमिति सदस्य देबिका तिमिल्सिना लगायतले बोल्नुभएको थियो भने कार्यकारी निर्देशक कपिल काफ्लले कार्यक्रम संचालन गर्नुभएको थियो ।
मानब अधिकार संचार प्रतिष्ठानले मानब अधिकार , सामाजिक न्याय , सचार अनुगमन र शान्तिका लागि बिगत १८ बर्ष देखि क्रियाशील रहदै आएको छ ।











प्रतिक्रिया