यती एयरलाइन्सले तेस्रो एटीआर थप्यो



काठमाडौं, (नेस)
यती एयरलाइन्सले नयाँ थपेको छ । मंगलबार दिउँसो एयरलाइन्सको तेस्रो एटीआर–७२– ५०० विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

जसको नेपाली रजिष्ट्रेसन नं. ९ एन–एएलएन र उत्पादन क्रम संख्या एमएसएन ७७६ रहेको छ । उक्त विमान फ्रान्सको टुलुस–इटली–इजिप्ट–मस्कट हुँदै काठमाडौं अवतरण गरेको हो ।

उक्त विमानमा चालक दलका सदस्य क्याप्टेन प्रमोद पौडेल, क्याप्टेन रमोद श्रेष्ठ, क्याप्टेन सुरेन्द्र कुँवर, वरिष्ठ इञ्जिनियर सुरेशकुमार बज्राचार्य, डिस्प्याचर सन्त प्रजापति तथा नागरिक उड्डययन प्राधिकरणका प्रतिनिधि भरतराज पराजुली थिए ।

नयाँ विश्वव्यापी बजारमा प्रवेश गरिराखेको छ । एटीआर–७२–५०० फ्रान्सेली–इटालियनको सहकार्यमा उत्पादित ट्वीन इन्जिन टर्बोप्रप विमान हो ।
एटीआर–७२– ५०० संसारको सबैभन्दा सफल क्षेत्रीय क्यारियरमध्ये रहेको कम्पनीको दाबीमा छ ।

एटीआर–७२– ५०० विमान विश्वका ग्लोबल अपरेटर एयर न्यँजील्यान्ड, एयर लिङ्स, एसएएस, एचओपी, फ्लिव, अजुल, बैंकक एयरवेज, जेट एयरवेज, मलिन्दो आदी कम्पनीमा छन् ।

एटीआर–७२– ५०० विमान के एफ् टर्बो लिजिङबाट खरिद गरिएको कम्पनीले जनाएको छ । नेपालमा एटीआर–७२ विमान खण्डमा सबैभन्दा नयाँ विमान हुनेछ । नयाँ विमानबाट यती एयरलाइन्सले भद्रपुर र पोखरासम्मको सेवा प्रदान गर्नेछ ।

नेपालमा मनाउन लागिएको पर्यटन वर्ष २०२० मा नेपालको २० लाख पर्यटन भित्र्याउने लक्ष्यलाई सहयोग गर्ने अपेक्षा गरिएको कम्पनीको छ ।
यती एयरलाइन्सले १९९८ मा सेवाको थालनी गरेको हो र हाल यती एयरलाइन्ससंँग ३ वटा एटीआर–७२– ५०० र ६ वटा बीएई जेस्ट्रिम ४१ रहेको छ ।

त्यसैगरी यसको सहायक कम्पनी तारा एयरसंँग २ वटा डोनियर डीओ–२२८, २ वटा टुवीन अटर डीएचसी–३०० र २ वटा टुवीनअटर भिकिङ ४०० सिरिज छन् ।

प्रतिक्रिया दिनुहोस्