इन्धनको मूल्यवृद्धि फिर्ता नभए अग्रिम टिकट बुकिङ नगर्ने चेतावनी

0
Shares

काठमाडौं, (नेस)
पेट्रोलियम पदार्थमा भएको मँल्यवृद्धि फिर्ता नलिए यातायात व्यवसायीले दशैंको अग्रिम टिकट बुकिङ नगर्ने चेतावनी दिएका छन्। नेपाल यातयात व्यवसायी राष्ट्रिय महासंघले विज्ञप्ति जारी गर्दै ४८ घण्टाभित्र मँल्य वृद्धि फिर्ता नगरे बुकिङ नखुलाउने चेतावनी दिएको हो ।

यातायात व्यवस्था विभाग र महासंघबीचमा सहमतिअनुसार असोज ५ गतेबाट बसको अग्रिम बुकिङ खुलाउने सहमति भएको थियो। नेपाल आयल निगमले असोज २ गते राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटिर २ रुपियाँ र डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपियाँ मँल्यवृद्धि गरेको थियो ।