टीभीएसले थप १० शोरुम खाल्यो



काठमाडौं, (नेस) टीभीएस मोटर कम्पनीको नेपालको लागि अधिकारिक बिक्रेता जगदम्बा मोटर्सले थप १० शो रुम खोलेको छ।

ती शोरुममा टीभीएसका मोटरसाइकल र स्कुटर उपलब्ध हुनुका साथै टीभीएस अपाचे आर आर ३१०, टीभीएस अपाचे आरटीआर १६० फोरभी र टीभीएस एनटोर्क १२५ स्कुटर पनि उपलब्ध रहने छ।

टीभीएसले काठमाडौंको कान्तिपथ, कुपन्डोल, टुसाल र काठमाडौं बाहिर इनरुवा, राजविराज, सिराहा, धादिङ, गरुडा, कावासोती र डडेलधुरामा रहेका छन् ।
जगदम्बा मोटर कम्पनीका उपाध्यक्ष दीपक अग्रवालका अनुसार ग्राहकले अबका दिनमा सुविधाजनक ढंगले स्थानीय शो रुममार्फत सेवा प्राप्त गर्न सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्