शेयर कारोबार बढ्ने



काठमाडौं, (नेस) वाणिज्य बैंकहरुले शेयर ब्रोकरको लाइसेन्स पाएपछि शेयर बजारको कारोबार बढ्ने अर्थमन्त्री डा. युवराज खतिवडाको विश्वास छ । उहाँले बैंक तथा वित्तीय संस्थाले ब्रोकरको लाइसेन्स पाएर काम गर्न पाएपछि शेयर बजारले उचाई लिने बताउनुभएको छ ।

वित्तीय संस्थालाई शेयर ब्रोकरको कारोबार गर्ने अनुमति दिनको लागि नेपाल राष्ट्र बैंक र नेपाल धितोपत्र बोर्डसँग छलफल भइरहेको मन्त्री खतिवडाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्