नेपालमा लगानी गर्दा अतिकम विकसित राष्ट्रको फाइदा लिन सकिने

0
Shares

काठमाडाैं ।
चीनको हुनान प्रान्तका भाइस गभर्नर हि बाओरिङले दुइपक्षीय व्यापार प्रवद्र्धनका लागि छलफलमा सहभागी हुन पाएकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा हुनान र नेपालबीचको आर्थिक तथा व्यापारिक सम्बन्धमा उल्लेख्य टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

नेपाल–चीन उद्योग वाणिज्य संघको निमन्त्रणामा आएको चिनियाँ टोलीका नेता बाओरिङले नेपाल र हुनानबीच आर्थिक तथा व्यापारिक सम्भावना धेरै रहेकाले यसलाई थप विस्तार गर्न सहयोग गर्ने आश्वासन दिनुभयो ।

कार्यक्रमा नेपाल–चीन उद्योग वाणिज्य संघका अध्यक्ष राजेशकाजी श्रेष्ठले विगत वर्षदेखिनै हुनान प्रान्तसँंग सूचनाको आदान प्रदान भइरहेको र यस भ्रमणबाट व्यापार वृद्धि तथा लगानीका लागि सहज हुने बताउनुभयो । साथै आर्थिक व्यापारिक सम्बन्ध विस्तार, पर्यटन, उद्योग, तयारी पोशाक तथा लगानी वृद्धिमा विस्तार गर्दै जाने बताउनुभयो ।

नेपालमा कृषि, खाद्यन्य तथा तयारी पोशाक उद्योग, पर्यटन, बैंकमा संयुक्त लगानीका लागि समेत आह्वान गर्दै उहाँले नेपालमा लगानी गर्न इच्छुक लगानीकर्तालाई संघले सक्दो सहयोग गर्ने बताउनुभयो । साथै नेपालमा उत्पादित वस्तु विश्व बजारमा निर्यात गर्दा अतिकम विकसित राष्ट्रको हैसियतले पाउने सुविधा प्राप्त गर्ने हुँदा गान्सु प्रान्तका व्यवसायीलाई नेपालको औद्योगिक क्षेत्रमा लगानी गर्न अनुरोध गर्नुभयो ।

कार्यक्रममा संघका. सदस्य ज्ञानेन्द्रलाल प्रधानले नेपालमा जलविद्युत्मा लगानीको सम्भावनाबारे प्रस्तुती दिनु भएको थियो ।