स्थानीय तहलाई पहिलो चौमासिकको बजेट निकासा

0
Shares

इलाम, (नेस)
इलाम जिल्लाका १० वटा स्थानीय तहका लागि कोष तथा लेखा नियन्त्रण कार्यालयले पहिलो चौमासिक वापतको रकम निकासा गरेको छ । अर्थ मन्त्रालय सरकारी वित्तीय हस्तान्तरण व्यवस्थाअन्तर्गत चार वटा नगर र छ वटा गाउँपालिका रहेको जिल्लाका स्थानीय तहलाई जम्मा ५४ करोड ८८ लाख ६० हजार रुपियाँ निकासा गरिएको हो ।

स्थानीय तह सञ्चालन निर्देशिकाले तोकेअनुसार वित्तीय समानिकरण र सशर्त अनुदान रकम स्थानीय तहको राजस्वको स्रोतका आधारमा अनुदान निकासा गरिएको कोष तथा लेखा नियन्त्रक कार्यालय इलामले जनाएको छ । कार्यालयका अनुसार सबैभन्दा बढी इलाम नगरपालिकामा १० करोड ५६ लाख ३५ हजार २ सय ५० रुपियाँ निकासा भएको छ ।

सँर्योदय नगरपालिकाका लागि ९ करो ९५ लाख ८८ हजार ७ सय ५०, देउमाइ नगरपालिकाका लागि ७ करोड ३७ लाख ६८ हजार ७ सय ५० र माई नगरपालिकाका लागि ६ करोड ७ लाख ४५ हजार रुपियाँ निकासा भएको छ ।

यस्तै माई जोगमाई गाउँपालिकाका लागि ५ करोड ५२ लाख ४५ हजार, फाकफोकथुम गाउँपालिकाका लागि ५ करोड ४४ लाख १७ हजार पाँचसय, चुलाचुली गाउँपालिकाका लागि ४ करोड ४३ लाख ९६ हजार २ सय ५०, सन्दकपुर गाउँपालिकाका लागि ३ करोड ९९ लाख २० हजार रुपियाँ निकासा गरेको कोष तथा लेखा नियन्त्रक कार्यालय इलामले जनाएको छ ।

यसैगरी रोङ गाउँपालिकाका लागि ४ करोड ४५ लाख ७१ हजार २ सय ५० र माङ्सेबुङ गाउँपालिकाको लागि ४ करोड ३७ लाख २१ हजार २ सय ५० रुपियाँ निकासा गरेको कार्यालयले जनाएको छ ।