कलर्सको दशैं तिहार योजना

0
Shares

काठमाडौं, (नेस)
दशैं र तिहारसन्दर्भमा कलर्स मोबाइलले कलर्स ह्याप्पी सवारी शुरु गरेको छ । ‘यो योजना खास गरेर उपभोक्तालाई आकर्षित गर्न र सम्मान गर्ने उद्देश्यका साथ यो पर्वको अवसरमा कोही पनि खाली हात फर्किन नपरोस् भनेर तयार गरिएको छ ।’ टेलिटक प्रालिका प्रबन्ध निर्देशक प्रतिक जलानले उपहार योजना सञ्चालनका सम्बन्धमा प्रकाश पार्नुभयो ।

योजना अवधिभर कलर्स पी–२०, पी–४५, पी–५० प्लस, पी–६५, पी–७०, पी–८५ प्लस सेल्फीप्रो, प्राइड–५सी, प्राइड–५इ, एस१, एस९, एस११ मोडलमध्ये कुनै पनि स्मार्ट फोन खरिद गर्दा ग्राहकको नाम सिधै सुजुकी लेट्स स्कँटर, कलर्स ३२ इन्च एलईडी टिभी, हरेक दिन सय प्रतिशत नगद फिर्ता र १५ सय रुपियाँबराबरको गिफ्ट बक्स उपहारको लागि गोला प्रथामा दर्ता हुनेछ । ग्राहकले एक युनिककोड नम्बर पाउनुहुनेछ, जुन नम्बर भाग्यशाली गोलाप्रथामा सहभागी गराइनेछ र हरेक हप्ताको विजेता घोषणा फेसबुकमार्फत् प्रकाशित गरिने कम्पनीले जनाएको छ ।

यो योजना जम्मा ५५ दिन सञ्चालन हुनेछ र त्यस अवधिमा विजेताले ७ थान सुजुकी लेट्स स्कँटर, ३० वटा कलर्स ३२ इन्च एलईडी टिभी र हरेक दिन सय प्रतिशत नगद फिर्ता र १५ सय बराबरको गिफ्ट बक्स उपहार स्वरुप प्राप्त गर्ने छन् । यो योजना असोज ३ गतेदेखि शुरु भई कात्तिक २७ गतेसम्म जारी रहनेछ ।