प्रोस्टाइल म्यानहन्ट इन्टरनेसनल नेपाल २०१८ को घोषणा

0
Shares

काठमाडौं, (नेस)
डाबर नेपालको प्रोस्टाइल र ग्रुप अफ इभेन्ट एन्टरटेनरर्स (जीईई)बीच प्रोस्टाइल म्यानहन्ट इन्टरनेसनल नेपाल २०१८ आयोजना गर्ने समझदारी भएको छ । प्रोस्टाइल र जीईईले आगामी प्रोस्टाइल म्यानहन्ट इन्टरनेसनल नेपाल २०१८ को घोषणाका साथै यो प्रतियोगिताका लागि आवेदन खुला गरेका छन् ।

कार्यक्रममा भाग लिन इच्छुक पुरुषले म्यानहन्ट नेपालको फेसबुक पेजबाट थप जानकारी लिन सक्नेछन् । फेसबुकमा नै उपलब्ध गराइएको आवेदन फारम २४ कार्तिक २०७५सम्ममा सानेपास्थित जीईईको कार्यलयमा वा जीईईको इमेलमा बुझाइसक्नुपर्नेछ ।

यो प्रतियोगितमा आवेदन दिन १८ देखि ३४ वर्षका नेपाली युवाहरू हुनुपर्नेछ, जसको उचाइ ५ फिट ८ इन्चभन्दा बढी र कम्तीमा एसएलसी पास गरेको हुनुपर्छ ।