सरिता चलाउने, सल्यान
सल्यानमा खोलाले बगाउँदा एकै घरका दिदी भाईको मृत्यू भएको छ । जिल्लाको दार्मा गाउँपालिका ६ मलिबाङ घर भएका उनीहरुको स्थानीय दार्मा खोलाले बगाउँदा मृत्यु भएको हो ।
स्थानीय पूर्णिमा केसी माईतीघर रुकुमबाट घर फर्कदैँ गर्दा शनिबार बेलुका ७ बजे दार्माखोला तर्दा उहाँका १ छोरी र १ छोरा बेपत्ता भएका थिए । बेपत्ता २ बर्षिय छोरा मोहन केसीको करिब २ किमी तल शब फेला परेको थियो ।
यस्तै ६ बर्षिया छोरी रेखा केसीको घटनास्थल देखी ३ किमी तल शव फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । मोहनको शव राती नै भेटिए पनि रेखाको भने आईतबार बिहान मात्रै शव फेला परेको सल्यानका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक बिरेन्द्र बहादुर शाहीले जानकारी दिनुभयो ।
उनीहरु तीज मनाउन मामा घर रुकुम त्रिवेणी गएका र घर फर्कदै गर्दा खोलाले बगाएको उहाँले बताउनु भयो । मृतक बालककी आमा पुर्णिमा केसीले २ बर्षीय छोरालाई टाउकोमा राखेर पिठ्ठिउमा सामान बोकेको र ६ वर्षिया छोरीलाई हात समाएर खोला तर्दै गर्दा ढुंगामा चिप्लिएर उक्त घटना भएको प्रहरीको भनाई रहेको छ ।
मृतक बालबालिकाकी आमा २८ वर्षीया पुर्णिमा केसी पनि घाइते भएकी छन् । उनको स्थानीय मेडिकलमा उपचार भइरहेको छ। मृतकका बाबु भने बैदशिक रोजगारीको शिलशिलामा मेलेसियामा छन् ।











प्रतिक्रिया