मिलको सापटमा बेरिदा १३ वर्षिय बालक गम्भिर घाइते

0
Shares

किरन धामी, दार्चुला ।
मिलको सापटमा बेरिएर दार्चुलामा एक बालक गम्भिर घाइते भएका छन् । घाइते हुनेमा महाकाली नगरपालिका वडा नम्बर ९ दत्तुका १३ वर्षिया नविन नगारी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । सोमबार विहान दत्तु स्थित आफ्नै मिलको सापटमा बेरिएर ति बालक गम्भिर घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका निमित्त प्रहरी प्रमुख प्रहरी निरिक्षक हिक्मत बहादुर बोहराले जानकारी दिए ।
मिल चलिरहेका बेला नगारीले लगाएको कमिजको बाहुला सापटमा बेरिदा बायाँ हातको कुहिना देखी काखी सम्मको पुरै छाला निस्किएर हड्डी देखिएको प्रहरीले जनाएको छ । घाइते बालकलाई तत्काल उपचारका लागी जिल्ला अस्पताल दार्चुलामा ल्याइएको भए पनि याहा उपचार सम्भव नभए पछि थप उपचारका लागि कोहलपुर रिफर गरिएको अस्पताल स्रोतले जनाएको छ ।…