निजी क्षेत्रसँगको सहकार्यमा ठूला परियोजनाःमुख्यमन्त्री पौडेल

0
Shares

हेटौंडा ।
प्रदेश–३ का मुख्यमन्त्री डोरमणि पौडेलले नेपाल अहिले संघीयताको अभ्यासमा रहेको बताउनुभएको छ । संघीयताको अभ्यासमा हरेक क्षेत्र मिलेर अगाडि बढेमात्र विकास र आर्थिक समृद्धि हुने उहाँले बताउनुभयो ।

प्रदेश सरकार नीति तथा योजना आयोग र नेपाल उद्योग परिसंघको आयोजनामा भएको ‘प्रदेशको समृद्धिको मार्गचित्र’ विषयक अन्तक्र्रियामा मुख्यमन्त्री पौडेलले यस्तो बताउनुभएको हो ।


प्रदेश सरकारले नीति तथा कार्यक्रममा सुखी नेपाली समृद्ध नेपालको परिकल्पना गरिएको बताउँदै उहाँले प्रदेश आर्थिक क्रान्तिको चरणमा रहेको बताउनुभयो । उहाँले भन्नुभयो–प्रदेश सरकारले उच्चदरको आर्थिक वृद्धि हासिल गर्ने, सन्तुलित र सुदृढ अर्थतन्त्र निर्माण गर्ने, विकासलाई समावेशी र सामाजिक न्यायमा आधारित बनाउने र सुशासन कायम गर्ने प्रमुख उद्धेश्य लिएको छ ।

मुख्यमन्त्री पौडेलले परिकल्पना र उद्धेश्य पूरा गर्न सरकारको एकल प्रयासले मात्र सम्भव नहुने बताउनुभयो । संविधानले सार्वजनिक, निजी र सहकारी क्षेत्रको सहभागितबाट मुलुकको अर्थतन्त्र सुदृढ हुने नीति लिएअनुसार निजी क्षेत्रलाई उच्च प्राथमिकता दिएको पनि उहाँको भनाइ छ ।

‘निजी क्षेत्रसँगको सहर्कायबाट मात्र प्रदेशको दीगो विकास सम्भव छ, सरकार निजी क्षेत्रसँग छ,’ उहाँले भन्नुभयो–हामी तपार्इंहरुसँग आपसी सहकार्य गरेर अगाडि बढ्न तयार छौं ।

प्रदेश सरकारको काम देखिन अब केही समय लाग्ने भन्दै उहाँले भन्नुभयो–अहिले हामी जहाजमा उडिरहका छौं, उडेको समयमा जहाजको गति थाहा हुँदैन, जहाजको गन्तब्यमा पुगेपछि मात्र जहाज उडेको दुरी थाहा हुन्छ । त्यस्तै प्रदेश सरकार अहिले उडिरहेको छ ।

उहाँले उद्योग क्षेत्रलाई प्रवद्र्धन गर्न ठोस कार्ययोजना भए संरचनाहरु तयार गर्न सरकार तत्पर रहेको जानकारी दिनुभयो । ‘हाम्रा उद्योगहरु प्रतिस्पर्धी हुन्, आयात प्रतिस्थापन गर्ने खालका हुन्, निर्यात गरेर विदेशी मुद्रा आर्जन गर्ने खालका हुन्,’ मुख्यमन्त्री पौडेलले भन्नुभयो । निजी क्षेत्रको लगानी प्रवद्र्धनमार्फत् उच्च आर्थिक बृद्धि र रोजगारीका अवसर सिर्जना गर्न प्रदेश सरकार र निजी क्षेत्रको सहकार्यलाई संस्थागत गर्नुपर्नेमा उहाँको जोड थियो ।

स्थानीय स्रोत तथा सिपमा आधारित ‘एक पालिका–एक विषेश उत्पादन’, ‘एक टोल–एक उद्यम’ तथा व्यवसाय प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्ने प्रक्रियामा प्रदेश सरकार अगाडि बढिरहेको पनि उहाँले जानकारी दिनुभयो ।

सार्वजनिक निजी साझेदारी र सार्वजनिक सहकारी साझेदारी सम्बन्धि प्रदेशस्तर नीति तत्काल जारी गरी स्वदेशी तथा विदेशी लगानीकर्तालाई लगानीमैत्री वातावरण सिर्जना गरेर आर्थिक रुपान्तरण गर्ने प्रदेश सरकारको चाहना रहेको उहाँले बताउनुभयो ।


मुख्यमन्त्री पौडेले अबका केही वर्षलाई प्रदेश सरकार औद्योगिक वर्षका रुपमा सञ्चालन गर्न चाहेको बताउँदै यसका लागि प्रदेश सरकार लगानीकर्तालाई सहजरुपमा एकद्वार प्रणालीद्वारा सम्पूर्ण आवश्यक प्रक्रिया सञ्चालन गर्ने गरी अगाडि बढेको बताउनुभयो ।

जलविद्युत् उत्पादनमा जनताको लगानी आकर्षण गर्न प्रदेश विद्युत् लगानी बोर्ड स्थापना गरिने पनि उहाँले जनाउनुभयो । विद्युत् बितरणका विद्यमान र नयाँ प्रणालीमार्फत् प्रदेशका सम्पूर्ण स्थानीय तहमा विद्युत् सेवा सुचारुरुपले पु¥याउने व्यबस्था मिलाइने उहाँले विश्वास दिलाउनुभयो । उहाँले निजी क्षेत्रसँगको सहकार्यमा सुरुङमार्गलगायत ठूला परियोजना निर्माण गरिने जानकारी दिनुभयो ।
कार्यक्रममा प्रदेशका उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्री अरुण नेपालले स्रोतसाधन प्रयोग गरी सुखी नेपाली र समृद्ध नेपालको परिकल्पनामा अगाडि बढिने बताउनुभयो । प्रदेशमा सौन्दर्य, वातावरण, सँस्कृति, पर्यावरण उत्कृष्ट भएका कारण पर्यटन सम्भावन रहेको उहाँको भनाइ छ ।

उद्योगको विकास र विस्तारमा देखिएको समस्यालाई कानुनी तवरबाट सम्बोधन गर्न प्रदेश सरकार तयार रहेको उहाँले बताउनुभयो । सार्वजनिक, निजी र सहकारी क्षेत्रको सहभागितामा प्रदेशको औद्योगिक करिडोर तथा औद्योगिक क्षेत्र स्थापनाका लागि बजेट तथा कार्यक्रमसमेत तर्जुमा गरिएको उहाँले बताउनुभयो ।
प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले समृद्ध मुलुक निर्माणमा निजी क्षेत्रको सहयोग अपरिहार्य भएको बताउनुभयो । संघीयता प्राप्तिका लागि निजी क्षेत्रको योगदान रहेको भन्दै मन्त्री ढुंगेलले निजी क्षेत्रलाई सँगै लिएर जान प्रदेश सरकार तत्पर रहेको बताउनुभयो । कृषि र हाइड्रोको सम्भावना बोकेको प्रदेशमा हरेक प्रकारका सम्भावना रहेको उहाँले बताउनुभयो ।

कार्यक्रममा प्रदेशका नीति तथा योजना आयोग उपाध्यक्ष डा. खिमलाल देबकोटा र राष्ट्रिय योजना आयोग पूर्वउपाध्यक्ष डा.शंकरप्रसाद शर्माले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

नेपाल उद्योग परिसंघ अध्यक्ष हरिभक्त शर्माको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सांसद् तथा व्यवसायीको सहभागिता थियो ।