निर्मलाको न्यायका निम्ती बागलुङमा विरोध कार्यक्रम

0
Shares

सिर्जना पन्त, बागलुङ ।
कञ्चनपुरमा बलात्कार पछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तको न्यायको लागि बागलुङमा हस्ताक्षर संकलन संगैं दिप प्रज्वलन गरिएको छ । साउन १० गते साथिको घरमा पढन गएकी निर्मलाको ११ गते कञ्चनपुरको उखु बारीमा बलात्कार पछि हत्या गरिएको अवस्थामा शव फेला परेको थियो ।

उनको हत्या भएको ५२ दिन वितिसक्दा पनि अपराधी पत्ता नलागेको र प्रहरी प्रशासनले हत्यारा पत्ता लगाउँन तदारुकता नदेखाएको भन्दैं दबाव स्वरुप शनिबार देशव्यापी रुपमा आयोजना गरिएको आयोजक निर्मलाका निम्ति न्याय का बागलुङ संयोजक साधना पन्तले बताउँनुभयो । पन्तले आयोजकले देशव्यापी रुपमा शनिबार विभिन्न विरोधका कार्यक्रम आयोजना गरेको र बागलुङमा पनि निर्मलाको न्यायका लागि दिप प्रज्वलन गरिएको र हस्ताक्षर संकलन गरिएको बताउँनुभयो ।


कार्यक्रम सम्पन्न गर्नको लागि सामजिक कार्यमा क्रियाशिल रोट्रयाक्क क्लव अफ बागलुङले सहयोग र सहकार्य गरेको पन्तको भनाई छ । निर्मलाका हत्यारा अझै पनि समाजमा खुलेआम हिडेको र सरकार स्वयम अपराधीको संरक्षणमा लागेको भन्दैं देशव्यापी रुपमा विरोधका कार्यक्रम आयोजना गरिएको पन्तले जानकारी दिनुभयो । सामाजिक सञ्जाल फेसबुक मार्फत आव्हान गरिएको विरोध कार्यक्रममा बागलुङका विभिन्न सरकारी कार्यालयका प्रमुख, मानवअधिकार कर्मी, पत्रकार र नागरिक समाज संगैं सर्वसाधारणको उपस्थिती रहेको थियो ।