बागलुङमा पहिरोले मध्य पहाडी लोकमार्ग बन्द

0
Shares

अनिल खत्री, गुल्मी ।
मध्य पहाडी लोकमार्गको बडीगाड गाउपालिका भिङगिठे र ढोरपाटन नगरपालिका बुर्तिवाङको सीमानाको तुरतुरे स्थित ठुलो भ¥याङमा शुक्रबार राति भीषण पहिरो खसेको छ । पहाडै भत्किएर राति पौने १२ वजेदेखि थुनिएको बडीगाड खोला आज विहान मात्र खुलेको हो ।
रातभर खोला थुनिएपछी त्यस देखी तलको नदी तटीय भाग बाग्लुङ्गका भिङगिठे, खारा, खरबाङ्ग र गुल्मीका भुपाचिदी, मजुवा चोरकाटे उल्लीखोला,रिडी सम्मका नदि किनारका मानिसहरु उच्च जोखिममा परेका हुन् । लोकमार्ग भन्दा करिव ५ सय मिटर माथिबाट पहाडै खसेर अहिले मध्यपहाडी लोकमार्ग नै अवरुद्ध छ ।


सडक खोल्न करिव एक हप्ता बढी समय लाग्न सक्ने जिल्ला प्रशासन कार्यालय बागलुङका प्रमुख जिल्ला अधिकारी वेदप्रसाद खरेलले बताए । सडक अवरुद्ध भएसँगै बुर्तिबाङहुँदै वाहिर जाने यातायातका साधनहरु बन्द भएको छ । बुर्तिबाङ निसी भूजि तमान क्षेत्रमा आउने यात्रुहरुलाई समेत अर्को विकल्पको सडक नभएपछि दिनभर जसो भिमगीठेमै अलपत्र अवस्थामा छन् ।

केहीले भिमगीठे हुँदै मालारानी सिमलभचौरको बाटो बुर्तिबाङसम्म पैदल आवत जावत गरेका छन् । पहिरोले छेकिएको भागको माथिल्लो स्थानबाट थुनिएको खोला खुलेको र अहिले पनि निरन्तर सोही भागबाट पानी बगिरहेको छ । तर थुनिएको नदीले बनाएको पानीको ताल भने जस्ताको तस्तै छ । साविकको खोला मात्र सो स्थानबाट बगेको छ ।


पानीको बहाव पहिरो गएभन्दा माथि तर्फ बढ्दै जाँदा ढोरपाटन नगरपालिकाको वडा नं २ सिमलचौरमा रहेका देविराम कुमाल र कृष्ण बहादुर कुमालको दुई तले घर गोठ, रामबहादुर कुमालको गोठ डुवानमा परेको छ । सोही स्थानमा चुडाबहादुर कुमालको गोठमा रहेका ३ वटा गोरु गोठमा बाँधेको अवस्थामा डुवेका छन् भने एउटा पोल्ट्री फर्म समेत डुवानमा परेको छ पहिरोले खाला थुनेपछि पहिरो गएको स्थानबाट करिव २ किलो मिटरसम्मको दूरीमासम्म अहिले पनि नदीको ताल बनेको छ ।

पहिरोले छेकेको नदी पहिरोको माथिल्लो भागबाट पानीको बहाव नदीमा सञ्चालन भएपनि ताल परेको भागमा भने वहाव घटेको छैन् । ठूलो चट्टान सहितको पहिरोले पुरेका कारण एकैचोटी ताल नफुट्ला भन्ने अनुमान गरिएको प्रमुख जिलला अधिकारी खरेलले बताए ।
तटीय क्षेत्रमा सर्तकता अपनाउनु पर्ने अवस्थालाई भने सुरक्षा निकायले सबैलाई सचेत बनाइरहेको छ । नदि किनारमा रहेका सबै मानिसहरु सुरक्षित स्थानमा बस्न भनिएको गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए ।