श्रीमानले बञ्चरो प्रहार गरी आफ्नै श्रीमतीको हत्या

0
Shares

मनोज भट्ट, महेन्द्रनगर ।
घरायसी विवादले उग्र रुप लिँदा कञ्चनपुरमा श्रीमानले बञ्चरो प्रहार गरेर आफ्नै श्रीमतीको हत्या गरेको छ । भीमदत्त नगरपालिका ९ टुँडिखेलका चन्द्र बहादुर पुनले आफ्नी श्रीमती बिमला पुनको शुक्रबार हत्या गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख एसपी कुबेर कडायतले जानकारी दिए ।

दिनहुँजसो भइरहने घरायसी विवादले उग्ररुप लिँदा श्रीमान्ले प्रहार गरेको बञ्चरो लागेर अन्दाजी ४० बर्षिय श्रीमती बिमलाको ज्यान गएको हो । स्थानियले शनिबार बिहान १० बजे घटनाको बारेमा प्रहरीलाई जानकारी गराएका थिए ।

बञ्चरो प्रहार गरी हत्या गर्ने चन्द्र शुक्रवार राति हत्या गरी भारत फरार भएका छन । हत्याराको खोजी कार्य जारी रहेको कञ्चनपुर प्रहरीले बतायो । शवलाई पोष्टमाटमका लागि अहिले महाकाली अञ्चल अस्पताल ल्याइएको छ । बिमला घरमा बुहारीसंगै बस्दै आएकी थिइन । उनको हत्या कसरी भएको भन्ने खुल्न सकेको छैन ।