निर्मलाका निम्ती न्याय माग्दै विराटनगरमा प्रदर्शन

0
Shares

विराटनगर ।
बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तका लागि न्याय माग्दै विराटनगरमा प्रदर्शन गरिएको छ । ‘निर्मलाका निम्ती न्याय’ अभियान अन्तर्गत देशभर प्रदर्शन भइरहेको बेला शनिबार विराटनगरको ट्राफिक चौकमा पनि प्रदर्शन गरिएको हो ।

दिउँसो १ बजे भएको प्रदर्शनमा युवाहरुले निर्मला पन्तलाई न्याय दिन माग गरेका छन् । उनीहरुले घटना भएको लामो समय भईसक्दा पनि बलात्कार र हत्यामा संलग्न ब्यक्ति पत्ता लगाउन नसकेको भन्दै सरकारको आलोचना समेत गरेका छन् ।
प्रहरीले मानसिक सन्तुलन गुमाएको निर्दोष ब्यक्तिलाई पक्राउ गर्नु लज्जास्पद भएको प्रदर्शनमा सहभागि विराटनगर निवासी अन्जु दाहालले बताईन् । निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न ब्यक्तिलाई चाँडो भन्दा चाँडो पत्ता लगाउनुपर्ने उनको माग थियो ।

प्रदर्शनमा सहभागिहरुले ‘सरकारले देखायो लाचारी त्यसैले हाम्रो खबरदारी’, ‘बलात्कारीलाई जोगाउन पाइँदैन’, ‘पानीजहाज कहिले आउने निर्मलाले न्याय कहिले पाउने’ ‘सरकारले कहिले देखाउने इच्छा ? खै त महिलाको सुरक्षा ’ लगायतका नारा लेखिएका कार्डहरु छातीमा टाँसेका थिए ।