कञ्चनपुरको नहरमा एक महिलाको शव भेला

0
Shares

मनोज भट्ट, महेन्द्रनगर ।
कञ्चनपुमा नहरमा फालिएको अवस्थामा एक महिलाको शव भेला परेको छ । शनिबार बिहान भाँसी महुलीया नहरमा तैरीरहेको अवस्थामा महिलाको शब देखेपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए ।

भीमदत्त नगरपालिका २ महुलिया स्थित नहरको पानिमा डुबेर तैरिरहेको अवस्थामा दैलेखको घुर्ती घर भई हाल महेन्द्रनगर बजार बाट २ किलो टाढा भाँसी चोकमा तरकारी बेचेर गुजारा गर्दै गरेकी ५५ बर्षीय आइती सार्र्की आफ्नी छोरी र आफन्त संगै बसेर तरकारी ब्यबसाय गदै भाँसी चोक नजिकै कोठा भाडामा बस्दै आएकी थिइन ।

शरीरमा कुनै घाउ, चोट पटक नरहेको तर घटना भने रहश्यमय रहेको छ । मृतक सार्कीको शब पोस्टर्माटमका लागी महेन्द्रनगरको महाकाली अञ्चल अस्पताल पठाइएको कञ्चनपुर प्रहरी प्रमुख एसपी कुवेर कडायतले जानकारी दिनुभयो ।