लोरिसलाई २० महिना प्रतिबन्ध


लन्डन, (एजेन्सी)
फ्रान्स तथा टोटनह्यामका गोलकिपर हुगो लोरिसलाई गाडी चलाउन प्रतिबन्ध लागेको छ ।

मादकपदार्थ सेवन गरी सवारी साधन हाँकेको आरोपमा उनले २० महिनासम्म गाडी चलाउन नपाउने भएका हुन् । यो बाहेक उनले ५० हजार पाउण्ड जरिवाना समेत तिर्नुपर्ने भएका छन् । उनलाई २४ तारिखको दिन अत्यधिक मादकपदार्थ सेवन गरेर गाडी चलाईरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो ।

मेर्लिबोनमा समातिएका लोरिसलाई वेष्टमिनिस्टरको अदालतले २० महिनासम्म गाडी चलाउन नपाउने सजाय सुनाएको हो । प्रहरीले दिएको बयान अनुसार चेक जाँच गर्ने क्रममा लोरिसको रक्सिको मात्रा ८० माइक्रोग्राम पाइएको थियो । इंग्ल्याण्ड र वेल्समा ३५ माइक्रोग्रामभन्दा माथि मादक पद्धार्थ सेवन गरी सवारी साधन हाक्नुलाई गैर कÞानूनी मानिन्छ । उक्त समय २४ किलोमिटर प्रतिघण्टाको गतिमा मात्र गाडी चलाएको समय उनलाई प्रहरीले पक्राउ गरेको थियो । जबकि ४८ किलोमिटर प्रतिघण्टा गाडी कुदाउने नियम रहेको छ ।