भक्तपुरमा इन्डो–नेपाल कराँते हुंदै


भक्तपुर,(नेस)
भक्तपुरमा शनिबारदेखि प्रथम राष्ट्रिय तथा ईन्डो नेपाल कराँते च्याम्पेन्सिप हुने भएको छ । आई डव्लु एफ एन कराँते डो संघको आयोजना हुने प्रतियोगिता सुर्यविनायकस्थित यो यो पार्टी प्यालेसमा हुनेछ । आयोजक संस्थाका अध्यक्ष नकुल राना मगरका अनुसार, दुई दिन चल्ने प्रतियोगितामा नेपाल र भारतका गरी आठ सय ७१ खेलाडीको सहभागिता रहने छ ।

जसमा भारतका महिला एक सय ८० सहित तीन सय जना र नेपालका पुरुष र महिला गरी तीन सय ५० जनाको सहभागिता रहने छ । प्रतियोगितामा प्रत्येक जिल्लाबाट सबै ईभेन्टमा पुरुष÷महिला एक–एक जनाको सहभागिता रहने छ ।
त्यसैगरी टिमकोच र टिम म्यानेजर गरी ४० जना र खेल सञ्चालन गर्ने अफिसियल २४ जना रहने मगरले बताउँनु भयो । पुरुषका १२ र महिलाका १० इभेन्टमा खेलाईने प्रतियोगिताका लागि कुल रु १५ लाख खर्च हुने बताईएको छ ।