मदन भण्डारी कप रंगशालामा हुने


नेपाल समाचारपत्र, काठमाडौं
मदन भण्डारी स्पोर्टस एकेडेमीले आगामी माघमा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको आयोजना गर्ने भएको छ ।
शुक्रवार पत्रकार सम्मेलनमा एकेडेमीका अध्यक्ष बिनोद श्रेष्ठले जानकारी गराएअनुसार प्रतियोगिता माघ ९ गतेदेखि १९ गते सम्म हुनेछ ।

श्रेष्ठले प्रतियोगिता दशरथ रंगशालामा आयोजना गर्ने योजना बनाएको पनि जानकारी गराए । तर अहिलेसम्म निर्माणधीनमा रहेको दशरथ रंगशाला माघसम्म पुरा हुनेमा शंका छ । ७२ सालको भुकम्पले क्षतिग्रस्त भएपछि रंगशालाको निर्माण हुँदैछ । भुकम्पले गर्दा यहाँ खेल नभएको ३ वर्ष भइसकेको छ ।

नेपालका २ र विदेशी ४ सहित ६ टिमको सहभागीता रहने प्रतियोगितामा नेपालबाट रातो र निलो गरि २ टिमको सहभागिता हुने छ । यसैगरी आयोजक एकेडेमीले प्रतियोगिता खेल्नका लागि दक्षिण कोरिया, चीन, भुटान, बंगलादेश, भारत र थाइल्याण्डलाई पत्राचार गरेको भने पनि अहिलेसम्म कतिले भाग लिने निश्चित छैन । ‘

प्रतियोगितामा सहभागी हुने ६ टोलीलाई दुई समूहमा विभाजन गर्दै लिगको आधारमा खेल खेलाइनेछ । दुबै समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । प्रतियोगिताको विजेताले २५ हजार अमेरिकी डलर र दोस्रो हुनेलाई १० हजार अमेरिकी डलर प्राप्त गर्नेछन् ।

यसैगरी प्रतियोगितामा उत्कृष्ट फरवार्ड, मिडफिल्डर, डिफेन्डर, गोलकिपर र प्रशिक्षकलाई समान १–१ हजार अमेरिकी डलर दिइने आयोजकले जनाएको छ ।