रामसारसँग करोडौंको सम्झौता


काठमाडौं, (नेस)
अखिल नेपाल फुटबल संघ (एन्फा) ले बजार र प्रचारको आधिकारिक जिम्मा राम सरस्वती (रामसार) मिडिया प्रालिलाई दिएको छ ।
शुक्रबार सातदोबाटोस्थित एन्फाको आफनो भवनमा भएको सम्झौता अनुसार रामसारले ३ वर्षको लागि सम्झौता गरेकोे हो । यस्तै सहिद स्मारक ए डिभिजन लिगको खेलका लागि (एटीएल, बीटीएल) अधिकार पनि रामसारलाई नै दिइएको जनायो ।

रामसारले आफ्नै लगानीमा सहिद स्मारक ए डिभिजन लिगको होर्डिङ बोर्ड, टेलिभिजन, एफएम स्टेसन, कलेज, स्थानीय यातायात, म्यागेजिन र सोसल मिडिया सबैको जिम्मेबारी वहन गरेर एन्फालाई सहयोग गर्नेछ ।

एन्फाले यसको वापत रामसारबाट यो वर्ष २०७५ मा १ करोड रुपियाँ प्राप्त गर्नेछ । त्यस्तै एन्फाले अर्को वर्ष १ करोड ५० लाख र २०७७ वर्षमा २ करोड रुपियाँ हात पार्नेछ । रामसारले टिकट छाप्न, पत्रकार सम्मेलन गर्न र प्रकाशित गर्न समेत एन्फालाई मद्दत गर्ने एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले जनाए । उनले बताए रामसारसँग हामीले ३ वर्ष बजार प्रबर्धन र प्रचार गर्न सम्झौता गरेका छौ । यसले नेपाली फुटबल अझ माथि उठ्ने हामीले आशा गरेका छौ ।