बालबालिकाको सशक्तीकरणबिना समृद्ध नेपाल बन्दैनः उपराट्रपति

0
Shares

उपराष्टपति नन्दबहादुर पुनले बालबालिकाको संरक्षण, विकास र सशक्तीकरणबिना सुखी नेपाली समृद्ध नेपाल बन्न नसक्ने बताउनुभएको छ । बाल दिवसको अवसरमा नेपाल बाल संगठन बालमन्दिर नक्सालले आयोजना गरेको पुरस्कार वितरण तथा समापन समारोहमा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो ।

पराष्टपति पुनले कोही पनि बालबालिका शिक्षाको अवसरबाट वञ्चित हुनु नपरोस् भन्दै बाल मन्दिरले अभिभावकविहीन असहाय र टुहुरा बालबालिकाको संरक्षण साथै शिक्षा प्रदान गरेकोमा सराहना गर्दै बाल मन्दिर परिवारलाई बधाई व्यक्त गर्नुभयो । कार्यक्रममा बोल्दै उहाँले भूकम्पपछिको बालमन्दिरको अवस्था अवलोकन गरेर आएको बताउँदै यसको पुनर्निर्माणमा सरकारले सहयोग गर्ने र बालमन्दिरको बजेट थप गर्नेबारेमा अर्थमन्त्रीसँग छलफल गरी हेरफेर गर्ने बताउनुभयो ।

आजका बालबालिका भोलिका कर्णधार हुने भन्दै उहाँले भोलिको देशको नेतृत्व सम्हाल्ने बन्न आजैदेखि मेहनत गर्न आग्रह गर्नुभयो । संविधानमा व्यवस्था भएको बाल अधिकारको कार्यान्वयन गर्नु सबैको दायित्व भएको बताउँदै उहाँले बालबालिकाको संरक्षणका लागि अभिभावक शिक्षक जिम्मेवार हुन आग्रह गर्नुभयो । उक्त अवसरमा प्रतियोगितामा विजयी हुनेलाई बधाई तथा शुभकामना पनि व्यक्त गर्नभयो । राष्टिय स्तरको प्रतियोगीतामा समूह नृत्य, गायन र चित्रकला राखिएको थियो । जसमा प्रथम, द्धितीय, तृतीय र सान्त्वना हुने विद्यालयका विद्यार्थीलाई नगद, शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।

जसमा समूह लोक नृत्यमा विभूति विद्या मन्दिर प्रथम, ब्राइट फ्युचर मावि द्धितिय, अक्सिडेन्टल पब्लिक स्कुल तृतीय, पिनाकल स्कलर्स एकेडमी कलंकी र लिभर पुल माविले सान्त्वना स्थान हात पारेका छन् । यस्ता कार्यक्रम बालमन्दिरले हरेक वर्ष आयोजना गर्ने गरेको आयोजक संस्थाकी कर्मचारी शर्मिला दवाडीले बताउनुभयो । सुखी नेपाली समृद्ध नेपाल बाल अधिकार सबैको सरोकार भन्ने नाराका साथ यसवर्षको बालदिवस मनाइएको छ । सोही अवसरमा पुनले नेपाल बाल संगठनद्धारा प्रकाशित बालक नामक पत्रिकाको विमोचन पनि गर्नुभएको थियो ।