निर्मला पन्तका हत्यारा छिटै पक्राउ पर्छन्ः गृहमन्त्री

0
Shares

काठमाडौ । गृहमन्त्री रामबहादुर थापाले कञ्चनपुरकी निर्मला पन्तको बलात्कार र हत्यामा संलग्नहरू छिटै कानूनको कठघरामा ल्याउने बताएका छन् ।

संसदको शुक्रबारको बैठकमा सम्बोधन गर्दै मन्त्री थापाले यो घटनाको अनुसन्धानमा सरकार गम्भीरताका साथ लागिरहेको बताए ।

यसअघि आफूले प्रहरीले पक्राउ गरेका दीलिपसिंह बिष्ट नै दोषी हुन भनेर नभनेको जिकिर गरेको उनले बताए ।

गृहमन्त्री थापाले प्रहरी हिरासतमा रहेका बेला मृत्यु भएका बाँकेका राममनोहर यादवको मृत्यु चोटपटकले नभई रोगले भएको पोष्टमर्टम रिपोर्ट आएको बताए ।

हिरासतमा रहेका यादव एक्कासि बिरामी भएपछि सुरूमा बर्दिया जिल्ला अस्पताल त्यसपछि भेरी अञ्चल अस्पताल र मेडिकल कलेज कोहलपुरमा लिइएको थापाले बताएका छन् ।