काठमाडाैं । वीरगञ्जका मेयर विजय सरावगीले राजीनामा दिएका छन् । उनले महानगरपालिकाको हरेक काम कारबाहीमा पार्टीको हस्तक्षेप भएको भन्दै आफ्नो पार्टी संघीय समाजवादी फोरमबाट राजीनामा दिएका हुन् ।
सरावगी संघीय समाजवादी फोरमबाट वीरगञ्जको मेयर पदमा निर्बाचित भएका थिए । प्राप्त जानकारी अनुसार मेयर सरावगीले ह्वाट्सएपमार्फत पार्टी नेतृत्वलाई राजीनामा पत्र बुझाएका छन् । सरावगीले नेतृत्वलाई भेटेरै पार्टीबाट राजीनामा दिने तयारी गरिरहेको पनि स्रोतले जनाएको छ ।
यता, फोरमका नेताहरुले मेयर सराबगीले राम्रो र जनता रिझाउने काम नगरेको आरोप लगाउँदै आएका छन् । स्रोतका अनुसार कर्मचारी नियुक्ति, विकास निर्माणका काममा पार्टीको सहभागीता लगायतका विषयमा जिल्ला नेतृत्वले भनेको मेयरले नमानेको नेताहरुको भनाई छ ।
नगर प्रमुख सरावगीले पार्टीले निर्णय नगरेसम्म राजीनाबारे केही नबोल्ने प्रतिक्रिया दिएका छन् ।











प्रतिक्रिया